समाज

धरानमा छात्राहरूलाई डिजिटल सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम

धरान: डिजिटल रूपमा स्मार्ट, शारीरिक रूपमा सुरक्षित) मूल नाराका साथ स्थानीय स्काउट कार्यालय धरानले छात्राहरूका लागि विशेष सुरक्षा क्याम्प सुरु गरेको छ। मंसिर ११ देखि १३ गतेसम्म धरान–१३ स्थित स्थानीय स्काउट कार्यालयमा सञ्चालन हुने क्याम्पमा डिजिटल सुरक्षा, शारीरिक आत्मरक्षा तथा जोखिमबाट बच्ने उपायबारे प्रशिक्षण दिइनेछ।

क्याम्प संयोजक अनुज भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश स्काउट कार्यालयका प्रमुख आयुक्त हेमन्त भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त सुशील राई, स्थानीय परिषद् सदस्य तथा किरातेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङ्बा, परिषद् सदस्य शङ्कर भण्डारी तथा स्थानीय स्काउट कार्यालयका सल्लाहकार सदस्य एवं शारदा बालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिभा श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै, हिबिस्कस स्कुलका भाइस प्रिन्सिपल विजय सिं थेबे र सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईलगायतको आतिथ्यता रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले पछिल्लो समय छात्राहरूले सामना गर्नुपर्ने शारीरिक हिंसा, दुर्व्यवहार तथा साइबर जोखिमलाई मध्यनजर गर्दै आत्मरक्षा र डिजिटल सुरक्षासम्बन्धी तालिम आवश्यक रहेको बताए। यस्ता अभियानले छात्राहरूलाई जोखिम पहिचान गर्न, त्यसबाट सुरक्षित रहन तथा आत्मविश्वासका साथ परिस्थितिको सामना गर्न सक्षम बनाउने उनीहरूको भनाइ थियो।

स्थानीय स्काउट कार्यालय धरानले छात्राहरूको सुरक्षा, सचेतना र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले क्याम्प सञ्चालन गरेको जनाएको छ।

यसैबीच, स्थानीय स्काउट कार्यालय धरानले आगामी पुस ५ गतेदेखि आठ दिनसम्म कोशी प्रदेशस्तरीय बृहत् एडभेन्चर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा सुपरम्यान, ओमेगा, स्काइ साइक्लिङ, बोटिङ, कमान्डो ब्रिज, मङ्की ब्रिजलगायत ३५ वटा साहसिक गतिविधि समावेश गरिनेछ। साथै १० वटा मनोरञ्जनात्मक र आठवटा सचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यालयले स्काउटका पाँच उद्देश्यअनुरूप युवा तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि वार्षिक कार्यतालिका निर्माण गरी मासिक रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष क्याम्प, एडभेन्चर, वार्षिक क्याम्प, विपद् व्यवस्थापन तथा लागुपदार्थविरुद्धका सचेतनामूलक अभियानमार्फत विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व विकास गर्ने गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले