खेलकुद

टाइब्रेकरमा धरान पराजित,पूर्वेली भेट्रान फाइनलमा


धरान : चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा पूर्वेली भेट्रानले धरान भेट्रानलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा भएको खेलको पहिलो हाफमा पूर्वेली भेट्रानका भुपेन लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा धरान भेट्रानका काजी राईले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
टाइब्रेकरमा पूर्वेली भेट्रानले उत्कृष्ट प्रदर्शन गर्दै धरानलाई स्तब्ध बनायो ।
खेलको म्यान अफ द म्याच पूर्वेली भेट्रानका भुपेन लिम्बू घोषित भए । उनलाई समाजसेवी प्रेम तामाङले पुरस्कार प्रदान गरेका थिए ।
शनिबार हुने फाईनल खेलमा आयोजक हाम्रो धरान भेट्रान र पूर्वेली भेट्रानबीच हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक