धरान विशेष

धरानमा सुकुम्बासीको राँके जुलुस, प्रहरीसँग धकेलाधकेल भोली मेची महाकाली चक्का जाम


धरानः बस्ती रक्षा आन्दोलन परिचालन समितिको आयोजनामा बुधबार साँझ धरानमा राँके जुलुस प्रदर्शन गरिएको छ ।
पुरानो अस्पताल छाताचोकबाट सुरु भएको राँके जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै भानुचोक पुगेको थियो । सुरुवाती चरणदेखि नै प्रहरीले जुलुसलाई रोक्ने प्रयास गरेको थियो ।
चारैतर्फबाट भानुचोक केन्द्रित भएको जुलुसलाई देशीलाइन क्षेत्रमा प्रहरीले अवरोध गरेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल तथा सामान्य हातहालाहाल समेत भएको थियो ।
केही समयपछि अवस्था सामान्य बनेपछि प्रदर्शनकारीहरूले मानव साङ्लो बनाएर कोणसभाको आयोजना गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले सुकुम्बासी बस्तीमाथि दमन नगर्न, वैकल्पिक व्यवस्थाविना हटाउन नखोज्न तथा नागरिकको आवास अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।