
धरान: सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी गोमा तामाङ (शरिन) ले २७ हजार २४९ मत प्राप्त गरेकी छन्।
साम्पाङले शरिनलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन् ।मतगणनाको सुरुवाती चरणमा शरिनले अग्रता लिएपनि पछिल्लो चरणमा साम्पाङले मतान्तर फराकिलो बनाउँदै अन्ततः विजय हासिल गरेका हुन्।
नेकपा एमालेका टिकाराम लिम्बु ६ हजार ४६३ मत तेस्रो, नेकपाका मनोज भट्टराईले ६ हजार ३३१ मत ल्याएका चौथो भए । नेपाली काग्रेसका ३ हजार ९९० मत ल्याएउदै पाँचौ भए ।
सुनसरी–१ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाकाको ६ र ७ वडाका मतदाता समेटिएका छन्। यस क्षेत्रमा मतदान सम्पन्न भएपछि शुक्रबारदेखि मतगणना सुरु भएको थियो।
यस निर्वाचनमा अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेपनि मुख्य प्रतिस्पर्धा साम्पाङ र तामाङ बिच भएको थियो। तेस्रो स्थानमा नेकपाका मनोज भट्टराई रहेका छन्।
सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता रहेका थिए। त्यस मध्ये कुल ८७ हजार ८६५ मतदान आएको थियो ।
यस निर्वाचन क्षेत्रबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए । भने रास्वपाकी गोमा तामाङ उपबिजेता भएकी थिईन । पुन शरिन तामाङले उपबिजेतामै चित्त बुझाउनु पर्यो ।

