राजनिती

यो निर्वाचन सत्ताको प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष हो: राजेन्द्र गौतम


धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतम ले फागुन २१ मा हुने निर्वाचनलाई निर्वाचन केवल सत्ता प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष भएको बताएको छ।

शनिबार धरानको भानुचोक मा आयोजित बृहत् आमसभामा बोल्दै गौतमले निर्वाचन केवल सत्ता प्रतिस्पर्धा नभई राष्ट्र निर्माण कि राष्ट्र विघटनको निर्णायक राजनीतिक संघर्ष भएको बताए। उनले यो निर्वाचन सामान्य सत्ता हस्तान्तरणको प्रक्रिया मात्र नभई, “यो देश कसले बनाउँछ भन्ने प्रश्नको उत्तर खोज्ने ऐतिहासिक क्षण हो,” भन्दै जोड दिए।
गौतमले निर्वाचनलाई राष्ट्रिय एकता, स्वाधीनता, सुशासन र राष्ट्रघातविरुद्धको संघर्षको मोडका रूपमा प्रस्तुत गर्दै भने, “यो केवल सरकार परिवर्तनको प्रक्रिया होइन, देश निर्माण र देश विघटनबीचको ऐतिहासिक जनमत संग्रह हो।”उनले चुनावी नाराको केन्द्रमा सुशासन, भ्रष्टाचारको अन्त्य र पारदर्शिता रहेको बताउँदै सुशासन अन्तर्गत शान्ति–सुरक्षा, विधिको शासन, गुणस्तरीय सार्वजनिक सेवा, सहज सेवा प्रवाह, प्रशासनिक सुधार र अनियमितता नियन्त्रणलाई प्राथमिक एजेन्डा भएको उल्लेख गरे ।
उनका अनुसार मुलुकका वास्तविक शत्रुहरू असमानता, गरिबी, बेरोजगारी, वञ्चितीकरण र निषेधको राजनीति हुन ।
यी चुनौतीहरू परास्त गर्न संसदमा स्थिर नेतृत्व र बलियो बहुमत आवश्यक रहेको बताउँदै उनले उनले नेकपा एमालेको नेतृत्वमा बलियो संसद निर्माण अपरिहार्य भएको जिकिर गरे ।
गौतमले नेकपा एमालेले एकीकृत राजनीतिक रोडम्यापको रूपमा कानुन–व्यवस्था र सार्वजनिक सेवा सुधार अघि सारेको साथै सुशासन केन्द्रित प्रशासनिक संरचना अघि सारेको बताए ।
धरान कोरिडोर र सुरुङ मार्ग निर्माण गर्दे संवैधानिक समीक्षा र लक्षित संशोधन र सङ्गठनात्मक एकता र सन्देश समन्वय जस्ता प्रमुख ५ वटा रोडम्याप देखाए । तर यी सबै रोडम्याप अगाडी बढाउन एमालेको स्थिर सरकार बन्न आवश्यक रहेको बताउँदै गौतमले भने ‘एमालेको सरकार बनाउन सुनसरी १ मा टिकाराम लिम्बुलाई मतदान गर्न आवश्यक छ ।’

सुनसरी–१ का नेकपा एमाले उम्मेदवार टिकाराम लिम्बुले निर्वाचनपछि धरानलाई क्षेत्रीय विकास केन्द्रको रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गरे ।
उनले तमोर र कोशी नदी किनारका सडक विकास, छोटो दूरीका यातायात मार्ग, प्रस्तावित सुरुङ मार्ग, त्रि–राष्ट्रिय मार्ग अवधारणा र खानेपानी पूर्वाधारलाई एकीकृत गर्दै विकास रणनीति अघि बढाइने बताए ।
रेड बुक बजेटमा समावेश भइसकेका योजनालाई निरन्तर प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । लिम्बुले आफ्नो पार्टीको सङ्गठन बलियो रहेकाले आफू बलियो उम्मेदवार रहेकोले जित सुनिश्चित रहेको दाबी गरे ।
सभामा नेकपा एमाले केन्द्रीय सदस्य जयकुमार राई लगायतले धरान बनाउन एमालेको हात रहेको बताए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३