राजनिती

नेकपा सुनसरी–१ का लागि १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक



धरान: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी निर्वाचन क्षेत्र १ का लागि बहुआयामिक विकास एजेन्डा सहितको १५ बुँदे स्थानीय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा घोषणापत्रमा सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबास, पूर्वाधार विकास, रोजगारी,भाषा–संस्कृति,महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा भूपू सैनिक–प्रहरीका मुद्दा प्राथमिकतामा राखिएको छ।

घोषणापत्रमा वास्तविक सुकुम्बासीलाई तत्काल आवास र जमिनको हक सुनिश्चित गरिने,भूमिहिन र अव्यवस्थित बसोबासका लागि सहज ढंगले धनिपुर्जा वितरण गरिने, र आधारभूत पूर्वाधारमा कमी नहुने नीति लागू गरिने प्रतिवद्धता गरिएको छ। भूतपूर्व ब्रिटिस आर्मी र गोर्खा सैनिक परिवारका लागि समान सुविधा, संरचनागत सम्मान, र लगानीमैत्री वातावरण सिर्जना गर्ने विषयमा पनि प्रतिवद्धता गरिएको छ।
भाषिक विविधता संरक्षण,हिंसा पीडित महिला, साहाराविहीन जेष्ठ नागरिक, बालबालिका, र फरक क्षमता भएका नागरिकका लागि विशेष कार्यक्रमहरू लागू गरिने योजनामा उल्लेख छन्। साथै, ‘जनप्रतिनिधि जनतासँग’भन्ने मर्मअनुसार २४ घण्टा खुला हटलाइन सञ्चालन गरिने उल्लेख छ।
उम्मेदवार मनोज भट्टराईले स्थानीय समस्यामा वास्तविक समाधान ल्याउने दाबी गरे। प्रतिवद्धता पत्रमा शहीदप्रति श्रद्धाञ्जली, घाइते,अपाङ्ग तथा बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरूप्रति उच्च सम्मान प्रकट गरेको छ।

पार्टी केन्द्रको ‘स्वाधीन अर्थतन्त्र र समृद्ध नेपाल’ मूल ध्येयअनुसार क्षेत्रगत आवश्यकतालाई आधार मानेर प्रतिवद्धता पत्र तयार गरिएको जनाइएको छ।
संविधान संशोधन, संघीय प्रणाली सुदृढीकरण, बाँकी ऐन–कानुन निर्माण, विभेदकारी कानुनी व्यवस्था हटाउने, पारदर्शी बजेट प्रणाली, शिक्षा–कर्मचारी–प्रहरी सेवा ऐन सुधार तथा निर्वाचन प्रणाली सुधार गर्ने प्रतिवद्धता पार्टीले जनाएको छ।
धरान–लेउती बहुउद्देश्यीय सुरुङमार्ग, सडक स्तरोन्नति, पुल निर्माण, खोला तटबन्धन, करिडोर विकास, आदिवासी जनजाति भवन, रोकिएका सडक योजनाहरू अघि बढाउने कार्यक्रम समेटिएको छ ।
धार्मिक स्थल जोड्ने पर्यटन सर्किट, विष्णुपादुका–बराहक्षेत्र मार्ग, सुम्निमा–पारुहाङ, सावायेहाङ परियोजना, थाउजेन बिग बुद्ध, आदिवासी जनजाति संग्रहालय, सप्तरङ्गी पार्क, बोटानिकल गार्डेन, विजयपुर–सुलिकोट–सूर्यकुण्ड विकास, एडभेन्चर टुरिजम, थारु ग्रामथान संरक्षण, चन्द्रमैन धामीथान विकास, सिमसार क्षेत्र जैविक पर्यटन तथा सप्तकोशी क्षेत्रलाई जलपर्यटन र धार्मिक–ऐतिहासिक पर्यटनसँग जोड्ने योजना समेटिएको छ।
कृषि आधुनिकीकरण, बेमौसमी तरकारी क्षेत्र विकास, दूध–मासु पकेट क्षेत्र, अदुवा–बेसार–तेजपत्ता पकेट क्षेत्र, भण्डारण, प्रशोधन, बजारिकरण र धरान कृषि बजार स्तरोन्नति कार्यक्रम अघि सारिएको छ।
शिक्षा हव विकास, सर्वसुलभ शिक्षा, आईटी पार्क, डिजिटल उद्यमशीलता, न्भल(श् आत्मनिर्भरता, स्वरोजगार, रोजगार सिर्जना, विदेश पलायन न्यूनिकरण, प्राविधिक क्याम्पसलाई अनुसन्धान तथा उत्पादन केन्द्रका रूपमा विकास गर्ने नीति समावेश गरिएको छ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रविधियुक्त विश्वविद्यालय र अस्पताल बनाउने,विदेशी कोटा कायम गर्ने, स्थानीय अध्ययन कोटा, सुविधा सम्पन्न धरान नगर अस्पताल र ट्रमा सेन्टर स्थापना गर्ने प्रतिवद्धता गरिएको छ।
खेलकुद क्षेत्रलाई खेलकुद हव बनाउने, अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय कभर्ड हल निर्माण, रंगशाला र क्रिकेट मैदान स्तरोन्नति गर्ने योजना समेटिएको छ।
खानेपानी दीर्घकालीन समाधान, वितरण प्रणाली सुधार, हाइटेन्सन लाइन व्यवस्थापन, नयाँ टाउन प्लानिङ सिटी, धरानलाई पर्यटन तथा व्यापारिक केन्द्र बनाउने, वैज्ञानिक फोहर व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा जलाधार संरक्षणलाई प्राथमिकता दिइएको छ ।
वास्तविक सुकुम्बासीलाई आवास तथा जमिन हकदारी, भोगचलनका आधारमा धनीपूर्जा, भूपू सैनिक तथा प्रहरीका लागि समान पेन्सन पहल, वैदेशिक रोजगारीबाट आएको पूँजी उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति अघि सारिएको छ।
पार्टीले “जनप्रतिनिधि जनतासँग” भन्ने मूल मर्मअनुसार जनताको गुनासो, सुझाव र समस्याका लागि २४ घण्टा खुला हटलाइन सेवा सञ्चालन गर्ने जनाएको छ।
धरानलाई अब पर्यटक उम्मेदवार होइन,धरानकै मान्छे चाहिएको छ धरानमै जन्मीएको हुर्किएकोले धरानको पीडा र सम्भावना बुझेको छु।
प्रतिवद्धता पत्र सार्वजानिक गर्दे मनोज भट्टराईले धरानमा बाहिरबाट आएर राजनीति गर्ने पर्यटक उम्मेदवारू हरूका कारण सुनसरी १ का जनता पीडित भएको बताए।
भट्टराईले भने ‘मनमोहन अधिकारीदेखि, अशोक राईले अहिलेसम्म धरान बाहिरका उम्मेदवारहरूले जिते पनि स्थानीय समस्या समाधानमा खासै योगदान नदिएको उनको तर्क छ।
उनले भने ‘धरानलाई अब पर्यटक उम्मेदवार होइन,धरानकै मान्छे चाहिएको छ धरानमै जन्मीएको हुर्किएकोले धरानको पीडा र सम्भावना बुझेको छु ।’आफू धरानको रेल्वेमा जन्मिएको,त्यहीँ हुर्किएको र खेलेको हुनाले यहाँको भूगोल, समाज र सुख९दुःखसँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गरे।
आफू दुई कार्यकाल वडा अध्यक्ष भएको र उपभोक्ता समिति लगायत विभिन्न सामाजिक क्षेत्रमा नेतृत्व गरेको अनुभव सुनाउँदै उनले राज्य सत्ता सञ्चालन गर्ने क्षमता आफूमा रहेको दाबी गरे। उनले आफूलाई युवा पुस्ता जेनजीको समर्थन रहेको र पार्टी, जात र धर्मभन्दा माथि उठेर सुनसरी क्षेत्र १ का जनताको साझा उम्मेदवारको रूपमा प्रस्तुत गरे।
आफ्नो वर्ण र पोशाकबारे ठट्टा गर्दै उनले आफूलाई जुन कुरा सुहाउँछ, त्यही गर्ने र मान्छे राम्रो हुनुपर्नेमा जोड दिए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३