
धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार प्रसार तीब्र पार्ने सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठकबाट निर्णय गरेको छ।
बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्ने जानकारी दिएका छन।
बैठकमा उमेदवार टिकाराम लिम्बू, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत लगायतका सहभागी रहेका थिए ।

