खेलकुद

प्लानिङ ब्वाइजको सेमिफाइनल यात्रा


धरान: २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा प्लानिङ ब्वाइज काठमाडौंले एनआरटी क्लब काठमाडौँलाई २–० गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।

धरान रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा प्लानिङ ब्वाइज काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित निकालेको हो।

निर्धारित ९० मिनेटको खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफको ४३औँ मिनेटमा केबेले गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ४१ औँ मिनेटमा रोमन भुजेलको पासमा श्याम मुरमुरले गोल गर्दै अग्रता दोब्बर बनाए।
बुढासुब्बा गोल्डकप तीन पटकको विजेता एनआरटीले खेल अवधिभर पटक–पटक कर्नर अवसर पाए पनि गोलमा परिणत गर्न सकेन। पहिलो पटक ए–डिभिजन खेलिरहेको प्लानिङ ब्वाइजले उत्कृष्ट डिफेन्स प्रदर्शन गर्दै एनआरटीका आक्रमण प्रयासहरू विफल पार्न सफल भयो।
दर्शकको उत्साहपूर्ण समर्थन पाएको एनआरटीले आक्रामक खेल प्रस्तुत गरे पनि विपक्षीमाथि प्रभावकारी दबाब कायम गर्न सकेन।
खेलको ‘म्यान अफ द म्याच’ प्लानिङ ब्वाइजका खेलाडी योगेश धिमाल घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
भोलि हुने खेलमा गत वर्षको उपविजेता तथा लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब ९भारत०, लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, झापा ११ झापा र धरान फुटबल क्लब धरान रहेका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक