शिक्षा

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित


वराहक्षेत्र: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित भएको छ।

सभापति पदका लागि केशव पुरी र दिवस बिष्टबीच प्रतिस्पर्धा भएको निर्वाचनमा पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत प्राप्त गरेका थिए। एक मतको अन्तरले पुरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएको हो।

यसैगरी सचिव पदमा राजन इसार र उमेश खत्रीबीच प्रतिस्पर्धा भएकोमा राजन इसारले १३ मत प्राप्त गरी एक मतको अन्तरले खत्रीलाई पराजित गरेको थियो। अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति पुरीले जानकारी दिए।
कार्यसमिति सभापतिमा केशव पुरी, सचिवमा राजन इसार, कोषाध्यक्षमा दीपक श्रेष्ठ सदस्यहरु लक्ष्मी प्रसाद गड्तौला, नवीन भण्डारी, धनकुमार लिम्बु, पुष्प रिजाल चयन भएको छ।

क्याम्पसमा कार्यरत जम्मा २५ जना प्राध्यापक रहेकोमा निर्वाचनमा सबै २५ मत खसेको थियो। नव निर्वाचित कार्यसमितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापकहरूको हक–हित संरक्षण तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई