
कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तर प्रदेश पर्यटन सहकार्य गर्न तीन प्रदेशमा विशेष कार्यक्रम गर्न लागेको छ। समितिले गण्डकी प्रदेश, मधेस प्रदेश संग चितवनमा छलफल सहकार्य र सम्झौता गर्ने तयारी गरेको छ।
आइतबार कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री भीम पराजुली सहितको टोली गण्डकी प्रदेशको पोखरा आइपुगेको छ। आइतबार नै गण्डकीको उद्योग पर्यटन मन्त्रालयका प्रतिनिधि गण्डकीका निजी क्षेत्रका व्यवसायीहरूसँग सहकार्य र दुई पक्षीय सम्झौताबारे अनौपचारिक छलफल पनि भएको छ।
छलफलमा कोशी प्रदेशका माननीय मन्त्री पराजुलीसहित सचिव इन्द्र सापकोटा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी सहित पर्यटन वर्षका दुई सहसंयोजक सँगै गण्डकीका व्यवसायीहरु सहभागी भएको थियो।
छलफलमा कोशी प्रदेश र गण्डकी प्रदेश बीच हवाई कनेक्टिभिटी यातायात कनेक्टिभिटी पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवर्द्धन गर्ने विषयमा सम्झौता गर्ने ट्राफ तयारी भएको छ। सम्झौतामा दुई प्रदेशका धार्मिक क्षेत्रहरू पदमार्गहरु साहसिक पर्यटनका गतिविधिहरु होमस्टे पर्यटनका गतिविधिहरुका विषयमा दुई पक्ष व्यावसायिक साझेदारी अनुभव आदानप्रदान र एकीकृत निर्माणका बारे सहमति हुने भएको छ ।

