
धरान: नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला शुक्रबार सम्पन्न भएको छ । एकता भेला साविक नेकपा माओवादी केन्द्र वडा नम्वर ५ का निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता र नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य टीका कन्दङवा रेखाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलाले पुरानो कमिटी विघटन गरेर सुरेन लिम्बुको संयोजकत्वमा वडा नं ५ वडा २७ सदस्यीय आयोजक समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादीका वडास्तरका नेता कार्यकर्ता समेटेर आयोजक समिती गठन गरिएको र चाडै बृहत भेला गरेर नयाँ वडा कमिटी गठन गरिने निवर्तमान अध्यक्ष धनकुमार राईले जानकारी दिए ।
नयाँ आयोजक समितीमा संयोजक सुरेन लिम्बु, सह–संयोजकहरु प्रेम बिक, रमेश राई, निरु लिम्बु, सचिवमा विजय मगराती र सदस्यहरुमा विभिन्न टोलबाट समेटेर गठन गरिएको छ । सदस्यहरुमा प्रेम मगर, भरत दाहाल, गणेश राई, राजकुमार गजमेर, बावुराम बिक, लक्ष्मी राई, हेम कुमार लिम्बु, चन्द्रकला अधिकारी, प्रताप लिम्बु, नवराज तामाङ, पवित्र बिश्वकर्मा, मदन परियार, सिता कालिकोटे, अंकीत दाहाल, लिला राई, सुरेश कुलुङ्ग, शुक्र लिम्बु, अस्मिता,भुषण लिम्बु, विजय तामाङ्ग, दिपेन्द्र गहतराज, नवराज राई, भरत कुलुङ्ग र यम लिम्बु रहेका छन । नयाँ समितीलाई नेपाली कम्युनिष्ट पार्टीका नेता फोक्साहाङ्ग लिम्ब (चोत्लुङ्ग) ले सपथ गराएका थिए ।
एकता भेलाका प्रमुख अतिथी नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य टीका कन्दङवा रेखारहेकी थिईन । उनले अव आउने देशका समस्याहरु समाधान गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने दावी गरिन। नेपाली कम्युनिष्ट पार्टीको माग र जेन्जीको आन्दोलनको माग एउटै भएकोले त्यो सारा जनताको समस्या समाधान गर्न पनि १६ ओटा पार्टी मिलेर नेपाली कम्युनिष्ट गठन भएको बताइन । भेलामा केन्द्रिय सदस्य उमिता बराईली, जीवन राई, प्रदेश सचिवालय सदस्य तथा धरान उपमहानगरपालिकका उपप्रमुख अईन्द्र विक्रम बेघा, पुर्ण भुजेल, फोक्वाहाङ सुब्बा (चोलुङ), सुर्य बहादुर भट्टराई (मनोज), खेम रणपहेली , नगर पदाधिकारी सिपि बजगाई, रिकेश विक, लगायतले शुभकामन मन्तव्य राखेका थिए । भेलामा पार्टी एकता पछिको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा स्थानीय राजनीतिक गतिविधिबारे अगामी नयाँ कार्यसमितमा छलफल हुने भएको छ ।

