समाज

फागुन २१ गते संविधानको रक्षार्थ भए पनि निर्वाचन हुन्छ : मन्त्री पराजुली


धरान: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगामी फागुन २१ गते संविधानको रक्षार्थ भए पनि निर्वाचन अनिवार्य रूपमा हुने स्पष्ट पार्नुभएको छ।
गत पौष २२ गते मन्त्रिपरिषद् फेरबदलपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो। पराजुलीले सेवक अभियानद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै यस्तो बताउएको हो। कोशी प्रदेशमा हालसम्म ६ वटा सरकार बनेका छन् भने १७ पटक मन्त्रिपरिषद् विस्तार तथा फेरबदल भइसकेको छ। पछिल्लो पटक विस्तार भएको मन्त्रिपरिषद्का आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीले बहुमतको सरकार नहुँदा सरकार फेरबदल हुनु वास्तविकता भएको उल्लेख गर्दै अब हुने निर्वाचनबाट देशमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन।
सेवक अभियानको चार सय हप्ता पुगेको अवसरमा आयोजित पदयात्रामा सहभागी मन्त्री पराजुलीले अब बन्ने सरकारले ‘जेनजी’ पुस्ताको भावना कदर गर्ने स्पष्ट पार्दै सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य अपरिहार्य रहेको भन्दै प्रदेश सरकारले यस विषयलाई गम्भीरताका साथ लिएको बताएका छन।
“मन्त्री पदको जिम्मेवारी सम्हाल्दा नै सुशासनलाई मुख्य आधार बनाएर काम गर्ने प्रतिबद्धता जनाइसकेको छु,” “प्रदेश सरकार त्यसै दिशामा अघि बढ्नेछ र म व्यक्तिगत रूपमा पनि यसमा दृढ रूपमा प्रतिबद्ध छु।”
‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्रका साथ विगतदेखि नै पदयात्रा गर्दै आएको सेवक अभियानले चार सय हप्ता पूरा गरेको छ। धरान–२ सिंहदेवीबाट सुरु भएको यो यात्रा ४ सय हप्ता पुगेको अवसरमा राष्ट्रिय एकता दिवस परेकाले आइतबार नेपाली सेनाले पनि धरान–१४ स्थित विजयपुरगढीदेखि साँगुरीगढीसम्म पदयात्राको कार्यक्रम राखेको सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले जानकारी दिनुभयो। आज भने सेवक अभियानको यात्रा विजयपुरगढीसम्म पुगेको बताएका छन।
विगतदेखि नै सबैलाई पैदल यात्रा गर्ने संस्कार विकास गराउने उद्देश्यसहित विभिन्न प्रचारात्मक कार्यक्रममार्फत हाइकिङ र पदयात्रा सञ्चालन गर्दै आएको सेवक अभियानको यात्रा अझै नटुंगिने अभियानले जनाएको छ। यात्रासँगै सामाजिक सेवामा समेत सक्रिय हुँदै आएको यो संस्थाले धरान तथा आसपासका क्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले