मनोरञ्जन समाचार

लिम्वु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने      

 


विकाश चाम्लिङ राई

हङकङ: याक्थुङ फिल्म्स व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ । निर्देशक रणविर लिम्वु शेर्माद्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारित चलचित्र सेमिफुङमा निर्माता समेत रहेका वविन आङदाम्वे, चन्दा थेगिम, सतिका सुब्बा, सिडि वेघा, निर्मला देवान, संगिता लावति, त्रिभुवन लुङफुङा लगायतको मुख्य अभिनय रहेको छ ।  हङकङ स्थित याउ मा तेइ कम्युनिटि हलमा फेव्रुअरी १ तारीखमा चलचित्र प्रदर्शन हुन लागेको हो ।

चलचित्रमा लिम्वु समुदायको संस्कार, संस्कृति र रितिरिवाजमा आधुनिकतावाद र विभेदले पारेको असर बारे देखाइएको सेमिफुङका कलाकार संगिता लावतिले बताइन ।
नेपाली खस र लिम्वु भाषा दुवैमा रहेको चलचित्र “सेमिफुङ” को अर्थ उज्यालो फूल रहेको बताइन । लिम्वु समुदायको संस्कार संस्कृतिको पर्वद्धनका लागि विदेशको विभिन्न शहरहरुमा प्रदर्शन गरिने उनले बताइन । हङकङमा यो पहिलो प्रदर्शन हुन लागेको हो । हङकङ पछि युके, दक्षिण कोरिया लगायत देशहरुमा प्रर्दशनको तयारी रहेको लावतिले बताएका छन ।

वविन आङदेम्वे र शेरवहादुर पतङवाको निर्माणमा बनेको चलचित्र सेमिफुङमा पटकथा र संवाद राज थापा काउचाको रहेको छ । विक्रम डिसि, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङको छायांकन रहेको “सेमिफुङ” इलाम जिल्लाको माङसेवुङमा छायांकन गरिएको छ । चलचित्रमा गायक डिल्लि फोम्बो र अशोक लोहोरुङको संगित रहेको छ । चलचित्रको लगानि करिव ५५ लाख रहेको निर्माण पक्षले जनाएको छ । 

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता