शिक्षा

आठ वर्षपछि पुनरागमन: धरानमा राष्ट्रिय स्तरको मेडिकल कलेजको विद्यार्थी महोत्सव साइन्याप्स

धरान: धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ वर्षपछि पुनः साइन्याप्स २०२६ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा हुने बहु–विषयक राष्ट्रिय कार्यक्रम माघ १६ देखि २३ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ६, २०२६) सम्म सञ्चालन हुने भएको हो ।
मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराज कुमार देवले सन् २०१८ पछि विभिन्न कारणले रोकिएको साप्ताहिक साइन्याप्स कार्यक्रम पुनः सुरु गर्न लागिएको जानकारी दिए । उनले गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साइन्याप्स २०२६ को मूल नारा “पुनर्जीवित, पुनः जोडिने र लचिलोपन” तय गरिएको बताए ।
कार्यक्रम संयोजक प्रज्ज्वल खाणले साइन्याप्स २०२६ ले देशभरका मेडिकल, डेन्टल तथा प्यारामेडिकल विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको बताए। उनले नेपालभर रहेका २६ वटा मेडिकल कलेजमध्ये १८ देखि २० वटा कलेजका विद्यार्थीहरूको सहभागिताले आपसी सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान र सहकार्यलाई प्रवर्द्धन गर्ने बताए । साथै विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना बढाउँदै सर्वाङ्गीण विकासमा जोड दिइने संयोजक खाणले बताए ।

साइन्याप्स २०२६ अन्तर्गत खेलकुद, साहित्यिक, कलात्मक तथा वैज्ञानिक गतिविधिहरू सञ्चालन हुनेछन् । संयोजक खाणका अनुसार खेलकुदतर्फ अन्तरकलेज क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, फुटसल, क्रिक्सल, कबड्डी, टेबल टेनिस, ब्याडमिन्टन, चेस, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेम प्रतियोगिताहरू हुनेछन् । प्रतियोगिताहरू लिग चरणपछि नकआउट प्रणालीमा सञ्चालन गरिने साथै
साहित्यिक कार्यक्रम अन्तर्गत क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ तथा पेन्टिङ, छोटो कथा, निबन्ध, पुस्तक समीक्षा लेखन र कविता प्रतियोगिताहरू आयोजना गरिनेछ । हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
सांस्कृतिक विधामा अन्तरकलेज नृत्य र गायन प्रतिस्पर्धा, ब्याटल अफ द ब्यान्ड्स, सेसन जस्ता आकर्षक कार्यक्रमहरू समावेश गरिने आयोजकले बताए।
कार्यक्रमको भव्य उद्घाटनका रूपमा स्वास्थ्य सचेतनामूलक वाकाथन आयोजना गरिनेछ, जसमा १,२०० देखि १,५०० सहभागीको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभर सामूहिक रक्तदान पनि सञ्चालन गरिनेछ ।
वैज्ञानिक सत्रअन्तर्गत विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । ती सत्रहरूमा विशेषज्ञ न्यायाधीश प्यानल रहनेछ भने बीपी जर्नल अभिलेखहरूमा पहुँच उपलब्ध गराइने आयोजकले जनाएको छ ।
सांगितिक कार्यक्रममा पूर्ण राई र सविन राईको प्रस्तुती
साताव्यापी कार्यक्रमको अन्तिम दिन माघ २३ गते लोकप्रिय गायक सविन राई र पूर्ण राई दाजुभाईको सांगीतिक प्रस्तुती रहनेछ । विगतका वर्षहरूको तुलनामा यसपटक कार्यक्रम अझै रोचक, प्रतिस्पर्धात्मक र भव्य हुने आयोजकको दाबी छ ।
साइन्याप्स २०२६ ले शैक्षिक गतिविधिसँगै पूर्वी नेपालको चिकित्सा तथा स्थानीय पर्यटन प्रवर्द्धन मा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समापन समारोहमा नृत्य पार्टी तथा सांगीतिक कन्सर्ट आयोजना गरिने जनाइएको छ ।आयोजकका अनुसार साइन्याप्स २०२६ केवल प्रतियोगितामा सीमित नभई पाठ्यक्रम बाहिरका बौद्धिक, कलात्मक र शारीरिक क्षमताको विकासका लागि महत्वपूर्ण राष्ट्रिय प्लेटफर्म बन्ने विश्वास लिइएको आयोजकले बताएका छन ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई