समाज

धरानमा १५ दिने रञ्जना लिपि प्रशिक्षण सम्पन्न, पुनर्जागरण अभियानमा जोड

धरान: नेवा: देय दवु धरान नगर समितिको आयोजनामा रञ्जना लिपिको पुनर्जागरण गर्ने उद्देश्यसहित १५ दिनसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सोमबार धरान–१६ स्थित हारती अजिमा मन्दिरमा सम्पन्न तालिमको समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले सरकार जनताको भाषा, संस्कृति र वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए। उपप्रमुख बेघाले बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा सबै समुदायको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै स्रोत–साधन निष्पक्ष र न्यायोचित रूपमा वितरण हुनुपर्ने बताए। “भाषा बोल्नु मात्र होइन, लेखेर पनि जोगाउनुपर्छ,” उनले भने। नेवार लिपि नेपाल भाषा सिक्ने र दैनिक जीवनमा यसको प्रयोग बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले परम्परागत मन्त्र, गीत तथा सांस्कृतिक ज्ञान आफ्नै मूल लिपिमा लेख्दा पौराणिक ज्ञान र सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षण हुने बताए।
कार्यक्रममा नेवा: देय दवु धरानले समाजमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन परीक्षा नियन्त्रक अञ्जु प्रधान, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठ तथा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुरेन्द्रमान स्थापितलाई सम्मान गरेको छ।
समापन समारोहको अध्यक्षता नेवा: देय दवु धरानका अध्यक्ष मनोहर शाक्यले गरेका थिए। कार्यक्रममा रञ्जना लिपि तालिमका उत्कृष्ट तीन प्रशिक्षार्थी ईसु लाखे, अनिश तुलाधार र मनिष ताम्राकारलाई समेत सम्मान गरिएको थियो।
पौष ५ गतेदेखि सञ्चालन भएको उक्त प्रशिक्षणमा ४० भन्दा बढी सहभागी थिए। अध्यक्ष शाक्यले तालिमको मुख्य उद्देश्य युवा पुस्तालाई रञ्जना लिपिसँग परिचित गराउँदै यसको संरक्षण र प्रचार–प्रसार गर्नु रहेको बताए।
“लिपिको प्रयोग अत्यन्तै न्यून हुँदै गएको छ। कतिपयलाई त नेपालका आफ्नै मौलिक लिपि छन् भन्ने जानकारीसमेत छैन,” उनले भने, “यही अवस्थालाई मध्यनजर गर्दै युवाहरूलाई रञ्जना लिपिको पुनर्जागरण अभियानमा सक्रिय बनाइएको हो।” लिपिलाई व्यवहारमा उतार्न थप प्रशिक्षण आवश्यक रहेको उनले बताए।
१५ दिनसम्म सञ्चालन भएको प्रशिक्षण नेवा ल्हाम दवुका केन्द्रीय अध्यक्ष सुदन मुनिकारले प्रदान गरेका थिए। समापन समारोहमा वडा नम्बर ३ का वडाध्यक्ष विद्या शाक्य, वडा नं १६ का वडाध्यक्ष मुरारी भट्टराई, सिद्धि नेवा परिषद्का सल्लाहकार गोकुल श्रेष्ठ, कार्यपालिका सदस्य सिर्जना नेपाल, विनिता बज्राचार्यलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले