समाज

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्नुस: आईन्द्र बिक्रम बेघा

कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि आवाज उठाउने नेतृत्व र दललाई चिन्नुस: आईन्द्र बिक्रम बेघा
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले कुलुङ जातिको भाषिक, सांस्कृतिक उत्थान र पहिचानका लागि निरन्तर आवाज उठाउने नेतृत्व र राजनीतिक दललाई चिन्न समुदायलाई आग्रह गरे।
मंगलबार किरात कुलुङ समुदायको नयाँ वर्ष यले दोङ् ५०८६ को अवसरमा आयोजित नारी दाचाम् चासुम् लो निङदोङ् (चाक्चाकुर)सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै उपप्रमुख बेघाले सांस्कृतिक पहिचान र अधिकार कुनै व्यक्ति विशेषले दिएको नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सुनिश्चित गरेको अधिकार भएको बताए ।
नगरप्रमुख हर्क साम्पाङप्रति कटाक्ष गर्दै उपप्रमुख अइन्द्र विक्रम बेघाले राजनीतिमा गालीगलौज र अपमानको संस्कृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दे अर्कालाई अपमान गरेर सम्मान नपाइने उल्लेख गर्दे उनले राजनीतिमा संस्कारको अभाव भएमा दल र व्यक्तिप्रति भरोसा गर्न नसकिने बताए ।
उपप्रमुख बेघाले भने “राजनीति संस्कारविहीन दल र व्यक्तिको भरोसा हुँदैन।’देशमा अनेकौँ अलाकाँचा भाडा जन्मिएका छन्, जसले राजनीतिक हल्ला–खल्ला फैलाउँदै त्यही हल्लाबाट कुसंस्कार जन्माउने काम गरिरहेको छ ।” उनले राजनीतिमा संस्कार अत्यन्तै महत्वपूर्ण रहेको गरे । उनले किराती संस्कारले सधैँ प्रेम, आदर र मानव सभ्यताको पाठ सिकाउने बताए। कुलुङ समुदायको पहिचान प्रकृति र माटोसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै बाली रोप्ने र भित्र्याउने समयमा प्रकृति र पितृलाई पुज्दै मनाइने यस्ता मौलिक पर्वहरूले संस्कृतिको संरक्षण र निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्ता सांस्कृतिक कार्यक्रमहरूले पुर्खाहरूले निर्माण गरेका संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने अवसर रहेको बताए।


यसैगरी, कुलुङ समुदायका केही अनुत्तरित प्रश्न र मागहरूलाई राज्यले सम्बोधन र सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले धरान उपमहानगरपालिकाको बजेट,योजना र कार्यक्रमहरूमा समुदायको पूर्ण अधिकार रहेको र स्थानीय सरकारले आफ्नो दायित्वअनुसार भूमिका निर्वाह गरिरहेको विश्वास दिलाए । कार्यक्रममा वक्ताहरूले कुलुङ जातिलाई हालसम्म अन्य समुदायले ‘राई’ भनेर चिन्ने गरे पनि कुलुङहरूको आफ्नै छुट्टै जातीय बनोट, स्वपहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, भेषभूषा, संस्कार र रीतिथिति रहेको उल्लेख गरे। यति हुँदाहुँदै पनि राज्यले कुलुङ जातिलाई छुट्टै रूपमा सूचीकृत गर्न नसकेकोप्रति उनीहरूले असन्तुष्टि व्यक्त गरे।
कुलुङ जातिलाई बेग्लै जातिको रूपमा सूचीकृत गर्न पटक–पटक पहल गरिए पनि माग कार्यान्वयन हुन नसकेको भन्दै सरकारसँग गम्भीर ध्यानाकर्षण गराइएको छ।
धरान–५ स्थित देवी गाउँमा आयोजना गरिएको कुलुङ राई जातिको महान पर्व चाक्चाकुर हर्षोल्लासका साथ मनाइएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल कुलुङ संघ सुनसरीका अध्यक्ष आईत राम राजितीले गरेका थिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले