धरान विशेष

धरानमा खेलकुद अध्ययन केन्द्र स्थापना गछौं: मञ्च अध्यक्ष किशोर राई

धरान: धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट उठेको रकमको प्रयोग गरी खेलकुद अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए।
आईतबार महोत्सवको समापनको क्रममा कार्यक्रमका मञ्चका अध्यक्ष राईले केन्द्रमा लेजेन्डरी खेलाडीहरूको योगदान उजागर गर्ने, जीवनी संकलन गर्ने, र नवप्रतिभा भएका खेलाडीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरिने बताए ।
उनले अध्ययन केन्द्रमा लेजेन्डरी खेलाडीहरूको योगदान चिनाउने, जीवनी संकलन गर्ने, र नवप्रतिभा भएका खेलाडीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने काम गरिने बताए।
राईले भने, “खेलकुद अध्ययन केन्द्र बनाउँछौं, जसले खेल जगतको महत्व र खेलाडीहरूको अतुलनीय योगदानलाई उजागर गर्नेछ।”
समापन समारोहका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईले विकास भनेको केवल सडक र नाला मात्र नभई शिक्षा, खेलकुद, पर्यटन र व्यापारिक क्षेत्रमा समेत सम्मान सहभागीता सहितको विकास हुनुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि भट्टराईले भने ‘धरानका व्यवसायीहरू इटहरीतिर सरिरहेको छन ।’ किन र कसरी व्यवसाय वातावरण निर्माण गर्न सकेको छैन किन व्यापारीहरु बसाईसरीरहेका छन। यस विषयमा धरानका नेतृत्वले ध्यान दिनुपर्ने बताए ।
उनले धरान १६ को संयोजनमा खेलकुद क्षेत्रलाई अगाडी बढाउन जागरण क्लवको आयोजनामा वडा स्तरिय महिला फुटबल प्रतियोगिता गरेको बताए ।
भट्टराईले गोधुली फुटबल क्लब र धरान फुटबल क्लबको योगदानको प्रशंसा गर्दै, खेलकुदमार्फत धरानको साख जोगाउन क्लबहरूले खेलेको भूमिकामा सन्तोष व्यक्त गर्नुभयो। बक्सिङ र कराँते खेलाडीहरूको मेहनत र किरण लामाको कराँते क्षेत्रमा लामो योगदान रहेको चर्चा गरे ।

मंसिर २५ गतेबाट सुरु भएको खेलकुद महोत्सव १५ दिने योजना भए पनि समय थप गरेर १८ दिनसम्म सञ्चालन भएको थियो । मञ्चका अध्यक्ष राईले १८ दिने महोत्सव अवधिभर करिव १ करोड भन्दा बढीको कारोबार भएको बताए ।
महोत्सवमा खेलकुदसम्बन्धी विभिन्न खेल खेल्न मिल्ने थिम स्टलहरू राखिएका थिए । भने प्रत्येक साँझ सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम प्रस्तुत भएको थियो । साथै आगन्तुकहरूका लागि आदिवासी जनजातीय परिकारका खानपान स्टलहरूको व्यवस्था गरिएको थियो ।
समापनमा विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।