शिक्षा

धरानको भानु स्मृति विद्यालयबाट विद्यार्थीलाई पुरस्कृत


धरान: धरान ३ स्थित भानु स्मृति विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद सप्ताह समापन कार्यक्रम मा पुरस्कार वितरण गरिएको छ।
आईतबार भएको खेलकुद सप्ताह समापन कार्यक्रममा २ सय ३० जना जना बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
सप्ताहमा कक्षा १ देखि १० सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३० जना विद्यार्थी लाई विशेष पुरस्कार प्रदान गरिएको हो। त्यसैगरी खेलकुद प्रतियोगितामा व्याडमिन्टन, १०० किमी दौड, फुटबल, लुडो, म्युजिक चेयर, टेबवलटेनिस, बास्केटबल, टेबलटेनिस जस्ता विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २सय जना विद्यार्थी लाई पनि सम्मान गरिएको छ।
विद्यालयले पुरस्कार रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको हो। विद्यालयले नयाँ अक्षय कोष स्थापना गर्ने व्यत्तित्व र एक वर्षभित्र योगदान गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरेको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैनाकला न्यौपानेले गरेकी थिइन्। प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष विद्या शाक्यले गरेका थिए । प्रधानाध्यापक रविन्द्र सुवेदीले मेयर कोषबाट दुई कोठाको भवन र टुवाईलेट तथा खेल मैदान मर्मतको विवरण प्रस्तुत गरे। उनले वडाअध्यक्ष शाक्यको पहलमा मेयर कोषबाट अघिल्लो बर्ष ९ लाख रकम बिनियोजन गरि दुई कोठे भवन निर्माण गरिएको र यस बर्ष भौतिक पूर्वाधार निर्माण गर्न यस बर्ष मेयर कोष बाट ९ लाख र उपमेयर कोष बाट १ लाख टुवाईलेट ग्राउण्ड मर्मतको लागि बिनियोजन गरिएको प्रअ सुवेदीले बताए ।
कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ओम रिमाल ले गरेका थिए।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई