खेलकुद

धरान ६ लाई तेस्रो अन्तर वडास्तरिय यु १८ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी


धरान : धरान उपमहानगरपालिका अन्तर वडा स्तरिय यु १८ रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी धरान ६ ले चुमेको छ ।
एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा धरान १३ बालसञ्जाललाई ट्राईबेकरमा ५–३ ले पराजित गर्दै धरान ६ ले तेस्रो संस्करणको उपाधि चुमेको हो । धरान ६ दोस्रो सस्करणको बिजेता हो भने पहिलो सस्करणको उपबिजेता समेत हो ।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोल बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरमा धरान ६ का अङ्कित तामाङ, तामुन थापामगर, पेरिस खत्री, लक्ष्मण लिम्बू, राम लिम्बुले गोल गरेका थिए ।
उपाधिसँगै धरान ६ ले नगद ३० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता धरान १३ ले नगद २० हजारमा चित्त बुझाउनु पर्‍यो । धरान १३ का आयुग राई, हिमाल परियार, सयोग राईले गोल गरेका थिए भने होसन तामाङ्को गोल प्रहार विफल हुँदा पुलिस धरान १३ ले उपबिजेतामा चित्त बुझाएको हो ।
पुस ३ गतेबाट सञ्चालित प्रतियोगितामा धरानका १८ वटा बडाका बाल सञ्जाल सहभागी भएका थिए ।
विशेष अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले धरानको ऐतिहासिक खेल संस्कृतिलाई अगाडि बढाउन सबै सरोकारवाला एकजुट हुन आग्रह गरे।बेघाले भने “विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सके” खेलमा भबिष्य छ ।
बिशेष अतिथी कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले फुटबलको विकास र यस खेलमा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिए। उनले फुटबललाई रोजगारी र करियरसँग जोड्न सके युवाहरू विदेश पलायन हुनबाट रोक्न सकिने उल्लेख गरे।
राईले विभिन्न तहमा सरकारी सहयोग अपरिहार्य रहेको बताउँदै युवाहरूलाई विदेशमा रोजगारीको खोजीमा जानबाट रोक्न फुटबलमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने “फुटबल केवल खेल मात्र नभई अनुशासन, नेतृत्व र रोजगारीको माध्यम बन्छ ।” धरानको फुटबलको केन्द्रका रूपमा विकास गर्न ठूलो बजेट आवश्यक रहेको उल्लेख गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
फाईनल खेलका अतिथी कार्यपालिका सदस्य सिर्जना नेपालले धरान उपमहानगरपालिकाको फुटबल खेलमा झुकाव रहेको बताईन ।
कार्यक्रम सयोजक रहेका रोजन शकरले बालसञ्जालले गरेको प्रतियोगितामा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ नआउनु दु:खद रखेको बताए । उनले भने “मेयर साप आउछु भनेर आशा देखाएर आउनु भएन।” आउछु भनेर प्रमाणपत्र हस्ताक्षर समेत गर्नु लगाउनु भयो ।हामि अभिभावक बिहिन भयौ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक