
धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत चौथो दिन खेलमा सिद्धार्थ बोडिङ स्कुलले आदर्श इङ्लिस स्कुललाई १–० गोल र दोस्रो खेलमा माउण्ट हर्मनले सफल सिद्धार्थ एकेडेमीलाई २–० गोलले पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी पहिलो खेलमा सिद्धार्थ सेकेन्डरी स्कुल मोरङका निपेश तामाङको दोस्रो हाफको २७ औ मिनेटमा भएको गोल नै निर्णयक गोल बन्यो सिद्धार्थलाई क्वारफाईनलमा पुुरयाएको हो ।
खेलको म्यान अफ द म्याच सिद्धार्थका जेम्स देवान भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
चौथो दिनको दोस्रो खेलमा माउन्ट हर्मन एकेडेमी धरानले सफल सिद्धार्थ एकेडेमी मोरङलाई २–० गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
खेलको दोस्रो हाफको १२औँ र ३३औ मिनेटमा माउण्ट हर्मनका प्रिन्स बिष्ट को २ गोलको ह्याट्रिकले टिमलाई अग्रता दिलाएका थिए। सफल सिद्धार्थले पटक पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
खेलको म्यान अफ द म्याच दुई गोलले हयाट्रिक गरेका प्रिन्स बिष्ट भए । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
प्रतियोगिताको आईतबार हुने खेल अन्तर्गत पहिलो खेल ज्ञानोदय मावि धरान र पिनाकल ज्ञान मन्दिर मोरङ बिच हुने छ भने दोस्रो खेल डिपोट स्कुल धरान र नेपाल पुलिस स्कुल धरान (निलो) बिच हुने आयोजकले जनाएको छ।

