शिक्षा

हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ सम्पन्न, साजिलाल मावि विजेता


धरान: धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको आयोजनामा हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ को ग्रान्ड फिनाले बिहीबार स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ।
प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङ विजेता बनेको छ। विजेता टिमले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी फस्ट रनरअप बन्दै नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी धरान मेघा हिमालयन स्कुल सेकेन्ड रनरअप भई नगद ८ हजार रुपैयाँ, महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछी बराहक्षेत्र थर्ड रनरअप भई नगद ६ हजार रुपैयाँ, तरहरा मोडल एकेडेमी फोर्थ रनरअप भई नगद ४ हजार रुपैयाँ तथा आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुल फिम्थ रनरअप भई नगद २ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा तथा निर्णायकद्वय नवोदिप साह र सुरेश रेग्मी ले विजेता तथा सहभागी टिमहरुलाई पुरस्कार वितरण गरे।

उपमेयर बेघाले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरुको सोच्ने र स्मरण गर्ने क्षमता वृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा आयोगको तयारीमा समेत सहयोग पुग्ने बताए। स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबेले प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक बनाउँदै देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए। स्कुलका सल्लाहकार पवन झा ले हिबिस्कस स्कुल रहुन्जेलसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालय मध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए। विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देसक गङ्गाराम राईले बताए ।प्रतियोगिताको क्विज मास्टर शिक्षक नयन राज राईले बताए।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई