खेलकुद

२० औं ललित – अम्बर डिपो कप: हिमशिखर बोडिङ स्कुल फाईनलमा

धरान: २० औं ललित- अम्बर डिपो कपको सेमिफाइनल खेल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको थियो । सेमिफाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरीले जितसहित प्लेट च्याम्पियको फाइनलमा आफ्नो स्थान पक्का बनायो । हिमशिखरको जितमा जर्सी ९ का सायुन राईले १ गोल गरेका थिए । सोही १ गोल नै हिमशिखरलाई फाइनलमा लान निर्णायक बन्यो । खेलमा सहभागि जोलसाया एकाडेमीलाई डिपो स्कुल व्यवस्थापन समितिका सदस्य तेजबहादुर लिम्बूले मायाको चिनो दिएका थिए । हिमशिखरको जितसङ्गै लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ को फाइनल समिकरण पुरा भयो । प्लेट च्याम्पियनकालागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ बीच प्रतिस्पर्धा हुनेछ ।

प्लेट च्याम्पियनको एक खेलपछि २० औं ललित–अम्बर डिपो कप –२०८२ को दुई सेमि फाइनल खेल भएको थियो । नेपाल पुलिस स्कुल, धरान–१३ र डिपो सेकेण्डरी स्कुल, धरान –१८ बीच भएको पहिलो खेल डिपोले ०–२ गोलले नतिजा आफ्नो पक्षमा पार्यो । नतिजासङ्गै डिपोले फाइनलको यात्रा निश्चित गर्यो । डिपोको तर्फबाट दुवै गोल जर्सी ९ का आशिष जिमीले गरेका थिए । उनले खेलको मध्यान्ह अघि र मध्यान्हपछि १/१ गोेल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच डिपोका श्रीहाङ लिम्बू भएका थिए । उनलाई नेपाल पुलिल स्कुलमा समादेशक सुरेश हायुले मायाको चिनो दिएका थिए ।

यसैगरि दोस्रो सेमि फाइनल खेल धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच भएको थियो । खेलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ ले २–६ गोल अन्तरले फाइनलमा आफ्नो स्थान पक्का बनायो ।
धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ का लागि जर्सी १० रोयल लिम्बू र जर्सी ११ का साङसाङ लिम्बूले समान ३/३ गोल गरेका थिए । यसैगरी आइडल इङ्लिस बोर्डिङ स्कुलको तर्फबाट सौरभ राई र रिकेश खत्रीले समान १/१ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ का साङसाङ लिम्बू भएका थिए । उनलाई आइडल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्काले मायाको चिनो प्रधान गरेका थिए ।
धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ को जितसङ्गै फाइनलको समिकरण पुरा भएको छ । फाइनल खेल धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ र डिपो सेकेण्डरी स्कुल, धरान–१८ बीच हुनेछ ।

ललित–अम्बर डिपो कप –२०८२ मा भोलि दुई खेल हुनेछ । पहिलो खेल डिपो कपको तेस्रो स्थानकोलागि हुनेछ भने दोस्रो खेल प्लेट च्याम्पियनशिपकोलागि हुनेछ । भोलि हुने तेस्रो स्थानकोलागि नेपाल पुलिस स्कुल, धरान–१३ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच हुनेछ । यसैगरी प्लेट च्याम्पियनशिपकोलागि प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ र हिमशिख इङ्लिरस बोर्डिङ स्कुल इटहरीबीच हुनेछ । प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक