राजनिती

जनता समाजवादी पार्टीको प्रदेश अध्यक्षमा गणेश राई


धरान: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोशी प्रदेश अध्यक्षमा गणेश राई चयन भएकाछन् । शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो ।

समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् । त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएकाछन् ।

अघिल्लो समितिका केही नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ कमिटी निर्माण गरेको हो ।
पार्टीलाई प्रदेश १ मा पहिलो पार्टी वनाउने अभियानका साथ संगठन विस्तार र निर्माणमा लाग्ने नव निर्वाचित अध्यक्ष गणेश राईले प्रतिवद्धता जनाएकाछन् ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३