शिक्षा

धरानको शिक्षा सन्देस बोर्डिङका बिद्यार्थीहरुले देखाए दम्भदार प्रतिभा


धरान: धरान-६, पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलमा बिहीवार ट्यालेन्ट शो कार्यक्रम आयोजना भएको थियो। स्कुलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत र नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गरे।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार गायन, नृत्य जस्ता अतिरिक्त क्रियाकलापमा भाग लिन प्रेरित गर्दै भने, “प्रतियोगितामा हार्नु–जित्नु मुख्य कुरा होइन, तर भाग लिनु नै ठूलो कुरा हो जसले आत्मविश्वास बढाउँछ।”
प्रीन्सिपल बिद्या भूषण गुप्ताले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै बिद्यालयका आगामी कार्यक्रमहरूको जानकारी पनि दिए। भाईस प्रीन्सिपल बम प्रकाश राईले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरे। कार्यक्रममा प्लस टु सम्योजक मोहन पाठक, लेखा प्रमुख अनिल कुमार बस्नेत लगायतको उपस्थिति थियो।
कार्यक्रममा स्कुलका शिक्षिकाहरूले समेत मनमोहक नृत्य प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाए। कार्यक्रमको सन्चालन शिक्षिकाद्वय अनिला मोक्तान र मनिषा खवासले गरेका थिए। यस ट्यालेन्ट शोले विद्यार्थीहरूको सिर्जनशीलता र आत्मविश्वासलाई प्रोत्साहन गर्दै स्कुल समुदायमा सकारात्मक वातावरण सिर्जना गरेको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई