खेलकुद

विद्यालय तहबाटै फुटबलको विकास: धरानमा ‘सुनाखरी एकेडेमी कप’ सुरु हुँदै


धरान: विद्यालय तहबाटै फुटबलको विकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धरानमा पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
धरान–१२ स्थित सुनाखरी एकेडेमीको आयोजनामा हुने प्रतियोगिता मंसिर ७ गतेदेखि १७ गतेसम्म धरान–१७ स्थित एन्फा एकेडेमी खेलमैदानमा सञ्चालन हुनेछ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल मिलनकुमार राईले प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले अब फुटबल खेललाई विद्यायलय स्तरबाट आयोजना गरी व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यको थोरै लगानीको क्रिकेट खेलले विश्वकप प्रतियोगितामा सहभागिता जनाइसक्दा ठूलो धनराशी लगानी भएको फुटबल खेललाई पनि विश्वकपसम्म पुर्‍याउन अब एन्फामात्र हैन सबै तह र तप्का लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले खेलकुदले विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व र सकारात्मक सोचतर्फ उन्मुख गराउने बताउँदै खेलले विद्यार्थीहरुलाई अनुशासित बनाउने बताउनुभयो ।
प्रतियोगिता एन्फा एकेडेमी धरान र जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोगमा आयोजना हुने भएको छ भने प्याब्सन र एनब्याब्सन धरानको संयोजनमा सञ्चालन हुनेछ ।
एकेडेमीका निर्देशक प्रदीप राईका अनुसार विजेता टिमले ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका दुवै टिमले ५÷५ हजार पाउनेछन् । त्यस्तै, अनुशासित टिमलाई पनि ५ हजार पुरस्कार दिइनेछ । व्यक्तिगत विधामा बेस्ट प्लेयरलाई रु ५ हजार, र बेस्ट गोलकिपर, हाई स्कोरर, बेस्ट डिफेन्स, र बेस्ट फरवार्डलाई २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित आय तथा व्यय दुवै ६ लाख १० हजार रहने एकेडेमीले जनाएको छ । आयोजकका अनुसार यस प्रतियोगिताबाट धरान पुनः फुटबलमय बन्ने, विद्यालयबीचको सहकार्य र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ हुने, साथै युवा खेलाडीहरूमा फुटबलप्रतिको उत्साह र सक्रियता बढ्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक