अपराध

धनकुटा र भोजपुरमा प्रहरीद्वारा अवैध गाँजाको बोट फडानी गरी नष्ट


धनकुटा: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ स्थित विभिन्न क्षेत्रका करिब पाँच रोपनी जग्गामा उम्रिएका ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानका करिब नौ रोपनी क्षेत्रफलमा लगाइएका र आफैं उम्रिएका एक हजार एक सयभन्दा बढी गाँजाका बोटहरू पनि फडानी गरी जलाई नष्ट गरेको जनाएको छ ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ