धरान विशेष

मगर समुदायको ‘हुर्रा नाच’ धरानमा सामुहिक रुपमा प्रर्दशन

धरान : धरानमा मगर समुदायले आफ्नो मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणको गर्न धरानमा मगर समुदायको सामुहिक ‘हुर्रा नाच’ प्रदर्शन  गरेका छन्।

नेपाल मगर सङ्घ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा बोल्दै  बिशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहर भन्दै सांस्कृतिक विविधताले नै शहरलाई समृद्ध बनाउने बताए। बेघाले भने  “धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै जातजाति मिलेर संस्कार र संस्कृतिको सम्मान गर्दै सहकार्यका साथ अघि बढिरहेका छन्।,” बेघाले धरानको अस्तित्व र ईतिहासलाई जिवन्त राख्न र समुदायलाई बिकास र प्रवर्द्धन गर्दै एथार्थलाई साँस्कृतिक पहिचानलाई बहुजातीय शहरमा बहुजातिय धर्म सस्कृती धर्म परमपरालाई अभिलम्बन गर्दै साँस्कृतिक सम्पत्तिलाई बचाउन एक भएर लाग्नु पर्ने बताए ।

अध्यक्ष चित्र थापामगरले “हुर्रा नाच हाम्रो समुदायको मौलिक सांस्कृतिक चिनारी हो। यसलाई जोगाएर पुस्ता हस्तान्तरण गर्नु प्रमुख जिम्मेवारी हो ।” सोही जिम्मेवारी बहन गर्दै  बर्षौनी धरानमा सामुहिक नाच प्रतियोगिता गरिएको बताए । उनले सांस्कृतिक सम्पदा र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तालाई सिकाउने कार्यलाई निरन्तरता दिएको बताए । संस्कार र संस्कृती बचाउन संस्कार संस्कृती लिने र दिने कामलाई रातो कितावमा अङ्कित गर्न अध्यक्ष मगरले उपमेयर बेघालाई आग्रह  गरे ।

अध्यक्ष मगरले हुर्रा नाचको उद्वमस्थल नेपालको पूर्वी पहाडी भूभाग हालको चौबिसे गाउँपालिका भएको दाबी गरे। उनका अनुसार धनकुटाको दक्षिणी क्षेत्र, मोरङको लेटाङ–केराबारी, धरान–४, ५ र ६ का मगर समुदायबीच यो नृत्य लोकप्रिय छ।
सांस्कृतिक निरन्तरताको उत्सव संघका अध्यक्ष थापा मगरका अनुसार यस्तो सामूहिक नृत्यले हराउँदै गएको मौलिक परम्परालाई पुनर्जीवन दिने र युवा पुस्तामा गर्व र मोह जागृत गर्ने उद्देश्य राखिएको हो।” देउसीको अवसर पारेर तिहारको अघिल्लो दिनदेखि पूर्णिमाको अघिल्लो दिनसम्म सामूहिक रूपमा हुर्रा नाच नाच्ने परम्परा रहे तापनी शहरी ईलाका भएकोले आज सामुहिकरुपमा गरिएको अध्यक्ष मगरले बताए। स्थानीय मगर समुदाय, युवा पुस्ता र छिमेकी गाउँपालिकाबाट आएका पाहुनाहरूको सहभागिता थियो।
कार्यक्रमको अध्यक्षता नेपाल मगर सङ्घ धरानका अध्यक्ष चित्र थापा मगरले गरेका थिए भने प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ उपस्थित थिएनन् । कार्यक्रमको विशेष अतिथि नेपाल मगर सङ्घका केन्द्रीय महासचिव शारदा थापा मगर , उद्योग वाणिज्य सघ सुनसरी अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायत विभिन्न जातिय सगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।