राजनिती

कांग्रेसले गर्यो भातृ र शुभेच्छुक संस्थासंग अन्तरक्रियाः गर्यो पार्टी महाधिवेशनको माग



धरानः नेपाली कांग्रेसका भातृ र शुभेच्छुक संस्थाहरुले पार्टी महाधिवेशनको माग गरेका छन् । पार्टीमा रुपान्तरणको अभियान चलाउंदै आएका कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सभापति गुरुराज घिमिरेले पार्टीको महाधिवेशन सार्ने वहाना नगर्न पार्टी नेतृत्वको खबरदारी गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले समसामयिक विविध विषय र सन्दर्भमा धरानमा आयोजना गरेको भातृ तथा शुभेच्छुक संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रममा भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु र प्रमुख अतिथि समेत रहेका नेता गुरुराज घिमिरेले यस्तो बताएको हो ।
नेता घिमिरेले केन्द्रीय समितिको बैठक अनावश्यक रुपमा लम्वाउने, झारो टार्नका लागि मात्र महाधिवेशन तालिका बनाउने तथा विविध प्राविधिक पक्ष देखाएर महाधिवेशनलाई डेड वर्षपछि धकेल्ने चेष्टा भईरहेको भन्दै त्यसो नगर्न चेतावनीका साथ खबरदारी गरेका छन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधिवत पेश गरेको महाधिवेशनको मागलाई कुतर्क गरेर अवमुल्यन गर्ने गरेको भन्दै नेताहरुको नियत सफा नभएको जिकिर समेत गरेका छन् । यदि बुहसंख्यक महाधिवेशन प्रतिनिधिको भावनालाई कुल्चिएर अघि बढ्न खोजिए आफुहरु आफै महाधिवेशन आयोजना गर्न वाध्य हुने भन्दै उनले त्यो हदसम्म जान वाध्य नपार्न नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् ।
त्यसैगरी भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले पनि महाधिवेशन गर्नुपर्ने माग राखेका छन् । उनीहरुले नियमित र विशेष हामी जान्दैनौं तर हाम्रो अर्थपूर्ण सहभागिताको ग्यारेण्टी गरी कुनैपनि हालतमा महाधिवेशन गरिनुपर्छ भन्दै यो वा त्यो वहानामा महाधिवेशन रोक्ने काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । यूवा लगायत विभिन्न भातृ एवम् शुभेच्छुक संस्थालाई पार्टी राजनीतिको मूल प्रवाहमा सामेल गराउन न्यायोचित प्रतिनिधित्वको सुनिश्चिता गर्न समेत माग गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेता घिमिरे, पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति नगेशचन्द्र राई लगायतले आफ्ना विचार सहित भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले उठाएका चासो, गुनासो, माग र मूद्दाका बारेमा संवोधन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल महिला संघका प्रदेशसभा १(१) सभापति निर्मला नेपाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य विशाल जंगध्वज कटवाल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सचिव उज्ज्वल हलुवाई, नेपाल तरुण दलका प्रदेशसभा १(१) सभापति जीवन लिम्वु(लक्ष्मी), नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति विष्णु लिम्वु, महेन्द्र वहुमुखि क्याम्पस धरानका स्ववियू सभापति प्रशान राई, महेन्द्र बुहुमुखि क्याम्पस धरानका ईकाइ सभापति विनोद आले मगर, नेपाल ट्रेड युनियन कांग्रेस तथा नेपाल सांस्कृतिक संघका प्रतिनिधि सुवर्णमोहन पलिखे, नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नाल, नेपाल शिक्षक संघका नगर सभापति आशबहादुर राई, नेपाल प्रेस युनियनका जिल्ला सहसचिव मातृका नेपाल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नगर सभापति कृष्णकुमार राई(भुपाल), नेपाल किसान संघका नगर सभापति पदम लिम्वु लगायतले गहन विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तहका नेता तथा कार्यकर्ता र भातृ एवम् शुभेच्छुक संस्थाका केन्द्र देखि वडासम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३