दुर्घटना

धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु


धनकुटा: धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा धनकुटा महालक्ष्मी नगरपालिका–६ की ५५ वर्षीया गंगा कार्कीको घटनास्थलमै मृत्यु भएको छ भने महालक्ष्मी नगरपालिका–९ का ६० वर्षीय डिल्लीराम बरालको उपचारका क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य सात जना यात्रु घाइते भएका छन् ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस उकालो चढ्दै गर्दा टायर पड्किएको आशंका गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसको ढोकामा रहेका यात्रुहरू बढी प्रभावित भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

दुर्घटना

धरानमा ईलेक्टोनिक्स सामान मर्मत गर्ने पसलमा आगलागी

धरान-१२ स्थित पुरानो मल्ल रेडियो अगाडि रहेको मेसिनरी पसलमा भएको घरमा आगलागी भएको छ । शनिवार साँझ ७ बजेर १०
दुर्घटना

प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको  हृदयघातबाट निधन

धरान: प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको गएराती हृदयघातबाट निधन भएको छ ।  हृदयघात भएपछि राती करिब अढाई बजेतिर तामाङलाई