राजनिती

हर्क साम्पाङद्वारा १३३ सदस्यीय श्रम संस्कृति पार्टी धरान नगर समिति घोषणा, माटो छोएर सपथ


धरान: धरान उपमहानगरपालिकाका नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीको धरान नगर कमिटी सार्वजनिक गर्दै नयाँ नेतृत्वलाई औपचारिक जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

असोज २८ गते धरान–१६ जोरसखुवामा आयोजित आम भेलाबाट दिनेश राईको अध्यक्षतामा १३३ सदस्यीय धरान नगर समिति गठन गरिएको घोषणा गरिएको हो । प्रारम्भिक रूपमा १२१ सदस्यीय नामावली तयार भएको भए पनि आकांक्षी अधिक भएकाले सदस्य संख्या विस्तार गरिएको नव–निर्वाचित सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
गठित नगर कमिटीको उपाध्यक्षमा लिला बुढाथोकी, मुगाधन तामाङ, रामकुमार लिम्बु, विष्णु लिम्बु रहेका छन् भने सचिवमा प्रेमकुमार श्रेष्ठ, सहसचिवमा पार्वता संग्रौला, कोषाध्यक्षमा आशा लिम्बु रहेका छन् ।

भेलामा मेयर साम्पाङले प्रतीकात्मक रूपमा माटो हातमा राखेर सपथ ग्रहण गराए । पार्टीको चुनाव चिह्न ‘माटो’ नै भएकाले साम्पाङले माटोको कसम लिएर श्रमदानमै आधारित राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरे । सपथ ग्रहण कार्यक्रममा साम्पाङले सबै सदस्यलाई श्रमकर्ता र श्रमदाता बन्ने प्रतिज्ञा गराउँदै भने, ‘देश विकास भाषणले होइन, माटोसँग प्रतिज्ञा गरेर श्रमदानबाट सम्भव हुन्छ ।’
उनले नगर समितिमा नअटाएका कार्यकर्ताहरुलाई जिल्ला, प्रदेश र अन्य फाँटका संरचनामा समावेश गरिने पनि स्पष्ट पारे । पार्टीले युवा, मजदुर, सांस्कृतिक क्षेत्रमा छुट्टै संगठन विस्तार गर्ने तयारी अगाडि बढाएको पनि बताए ।
सपथपछि मेयर साम्पाङले नव–अध्यक्ष दिनेश राईलाई कोदालो हस्तान्तरण गर्दै जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरे ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारले चुनाव मिती घोषणा गरेसँगै श्रम संस्कृति पार्टी सक्रिय सङ्गठन विस्तारमा जुटेको छ । असोज २७ गते झापाको मेची र उदयपुरमा कमिटी विस्तार भइसकेको छ । पार्टीले ७७ वटै जिल्लामा सम्पर्क व्यक्ति तोकी संरचना विस्तार अभियान जारी रहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३