
काठमाडौ: यहि कार्तिक ६ अर्थात तिहारको भाईटिकाबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बरिष्ठ बलाराम’ को गीत न्याउली बनैमा बोलको गीतलाई दर्शकहरुले अत्यधिक रुचाएका छन । गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरैले भिडियो बनाएका छन भने युट्युवमा पाँचलाख दर्शकहरुले हेरेका छन । प्रशान्त सिवाकोटी शब्द रचना तथा संगीत निर्देशन रहेको गीतमा शान्तिश्री परियार र संगीतकार सिवाकोटीको स्वर छ । गीतको भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् । जसले गीतमा सिनेमाका कलाकारद्धय विजय र समृद्धिलाई मज्जाले नचाएका छन् । उनीहरुको केमेष्ट्री पनि जमेको गीतको भिडियोमा प्रस्तुत भएको छ ।
आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरीसकेका, चर्चित सम्पादक सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र बरिष्ठ बलाराम कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीको रहेको छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन ।
काठमाण्डौ भ्याली भित्र डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्ने जिम्मा पाएको वरिष्ठ बलराम’ मा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन ।