धरान विशेष

धरानमा बजार अनुगमन: व्यवसाय दर्ता नभएको र प्याकिङ गरेको सामानको तौल कम भएको पाईयो

धरान: दशै मुखमा धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले धरानमा सञ्चालनमा रहेको खाद्यन्न पसलहरु आज मंगलबार अनुगमन गरेको छ। मौसमी अनुगमनको आरोप लाग्दै आएका अनुगमनकर्ताहरुले धरान १२ चतरालाईन र धरान १ मा रहेको छाताचौक एरियामा रहेको खाद्यन्न पसलहरुमा अनगुमन गरेको थियो ।

जेन-जीको आन्दोलनपश्चात थलिएको व्यापार व्यवसायसँगै महंगीको मारमा परेका उपभोक्ताहरुलाई दशै मनाउन धौ धौ परेको छ । यस्तो अवस्थामा व्यापारी व्यवसायीहरुले उपभोक्तासँग सामाग्रीको तौल घटाएर, बजार मूल्य भन्दा बढी मूल्य लिएर विक्री गर्ने धाउन्नमा व्यापारीहरु रहन्छन भने विहान बेलुका छाक टार्ने मजदुर, किसानहरुले भने ऋण काढेर भएपनि दशै मनाउने जोहोमा लागेका हुन्छन् ।
यता अनुगमनकर्ताहरुले गरेको अनुगमन प्रभावकारी भएको भने देखिन्दैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर र धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले अनुगमन गरेको थियो भने अनुगमनको सहजीकरण उद्योगी, व्यापारी तथा व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघले गरेको थियो।

धरान १ मा आधा दर्जन पसलमा अनुगमन गर्दा खाद्य सामाग्रीसँगै अत्यन्तै विषालु मानिने कोलेन राखेको पाइएको थियो भने प्याकेजिङ गरेका सामाग्रीहरुमा तौल कम भएको र दर्ता नगरिकन वयवसाय संचालन गर्‍को पाइएको थियो । अनुगमनको क्रम्मा व्यवसायीहर्य्लाई सचेत गराउने कार्य पनि भएको थियो। धरान उपमहानगरपालिका अन्तर्गतको बजार महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाले व्यापारीले कैफियत गरेको पाइएमा पहिला सम्झाउने, कैफियत भेटिएमा त्यसको करेक्सन अर्न लगाउने र त्यसपछी पनि फल्ड भेटिएमा त्यो सामानलाई नष्ट गरेर सम्बन्धित व्यापारी व्यवसायीलाई कारबाही गर्ने बताउनुभयो ।

अनुगमनका संमयोजक धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले धराने जनताहरुको स्वास्थ्यलाई मध्यनजर गरेर उपभोक्ताहरुलाई स्वास्थ्य खाद्यन्न खुवाउने अभिप्रयाले अनुगमन गरेको र सबै व्यवसायीहरुले साथ दिन अनुरोध गर्नु भयो।

अनुगमनका खटिनु भएका सुनसरी उद्योग वाणिज्य संघका सदस्य किशन मास्केले व्यवसायिक धर्म निभाउदै व्यवसाय गर्न अनुगनका क्रममा सुझाव दिनु भएको छ ।

बजार अनुगमन नियमित गर्ने अनुगमनकर्ताहरुले बताएका छन् । उपभोक्ताहरुले अनुगमनमा वेथिति भेटिए पनि त्यस्ता व्यापारीहरुलाई कारबाही गरेको थाहा नपाएकोले अनुगमन खाली अनुगमन गर्नुपर्छ भनेर एउटा औपचारिकता निभाउने काम मात्र गरेको आरोप लगाउर्दै आएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।