धरान विशेष

माओवादी कार्यालयमा आगजनी गर्ने ३ जना योजनकारको पहिचान सार्वजनिक

धरान: जेन–जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा गरिएको तोडफोड र आगजनीमा नेकपा माओवादी केन्द्रको धरान–१ पेरिस खोल्सी स्थित कार्यालयमा सटर फुटाएर आगजनी गर्ने अराजक समुहको ३ जनाको नाम पार्टीले सार्वजनिक गरेको छ ।

माओवदी पर्टीद्वारा आज मंगलवार जारी विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धरान उपमहानगर समितिको कार्यालयमा आगजनी तथा तोडफोडको आपराधिक घट्नाप्रति गम्भिर ध्यानाकर्ष भएको उल्लेख गर्दै अगुवाहरुको नाम सार्वजनिक गरिएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘सो घट्नामा प्रत्यक्ष संलग्न व्यक्तिहरु मनुराज राई, दिपचन्द्र राई (कान्छी) र मिलन बान्तवा राई लगायतको संलग्नता देखिन्छ ।’

माओवादी पर्टी कानुनको शासन, लोकतान्त्रिक आचरण र सामाजिक उत्तरदायीत्वमा दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तीमा शान्ति सुरक्षा कायम गर्न तथा यस्ता आपराधिक गतिविधिको पुनरावृत्ति रोक्न दोषीहरुलाई छिटो भन्दा छिटो आवश्यक कानुनी कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं भनि विज्ञप्तीमा भनिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।