राजनिती

नेपाल तरुण दल क्षेत्रीय समितीद्वारा सरकारको चर्को विरोध, गृहमन्त्री रमेश लेखकको राजीनामा माग

धरान– नेपालको पुरानो युवा राजनीतिक संगठन नेपाल तरुण दलले हालैका दिनहरूमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका युवामाथि प्रहरीद्वारा भएको दमनको कडा भर्त्सना गरेको छ। सुनसरी क्षेत्र न. १ क्षेत्रीय कार्यसमितिबाट जारी गरिएको एक प्रेस विज्ञप्तिमा तरुण दलले जनताले बोल्न र लेख्न पाउने मौलिक हक कुण्ठित गरिने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको माग गर्दै प्रदर्शनमा रहेका युवाहरूलाई गोली प्रहार गरी हत्या गर्नु अमानवीय र अलोकतान्त्रिक कार्य हो।” घटनामा परी हालसम्म १४ जनाको मृत्यु भएको दाबी गर्दै तरुण दलले गृहमन्त्री रमेश लेखकलाई तत्काल बर्खास्त गर्न र कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ।

तरुण दलका अध्यक्ष अजय राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यदि सरकार जनताको जायज माग सम्बोधन गर्न असफल रहन्छ भने नेपाल तरुण दल स्वयं सडक संघर्षमा उत्रिन बाध्य हुनेछ।”

प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३