
वराहक्षेत्र नगरपालिका वडा नं ८ वागझोडामा रहेको कोशी माध्यमिक बिद्यालयले बिद्यालयमा कार्यरत शिक्षक वालकृष्ण वोहोराले पटक- पटक सामाजिक सञ्जालमा बिद्यालयको प्रतिष्ठा माथि आँच आउने आफुले गरेको सहमती तोड्दै गए पछि बिद्यालयको पत्रचार अनुसार नगर शिक्षा समितिले शिक्षक वोहोरालाई तत्काल काजमा सरुवा गर्ने निर्णय गरेको थियो ।
बिद्यालयले साहायक प्रध्यानाध्यापक नियुक्ती आफुले शिक्षक बोहोरा बिद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारी प्रति रुष्ट र आक्रोसित बनेका थिए । त्यस पछि शिक्षक वोहोराले सामाजिक सञ्जालमा बिद्यालय प्रशासन प्रति लक्षित गर्दै टिप्पणी गर्दै आएका प्र.अ. अधिकारीले जानकारी दिएको छ।
बिद्मालयको बिषयमा सामाजिक संजालमा शिक्षक बोहोराले गरेको टिकाटिप्णीको विषयमा विद्मालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद दाहाल र शिक्षक वालकृष्ण वोहोरा बिच नेपाल शिक्षक महासंघ वराहक्षेत्रका अध्यक्ष इन्द्रबहादुर बस्नेतको रोहवरमा गएको जेष्ठ २१ गते १२ बुदे सहमती भएको थियो ।
बिद्मालयको सायहक प्रध्यानाध्याप पदमा नियक्ति नगरे पछि रुष्ट रहेको बोहोराले बिद्यालय र प्रशासन प्रति अनेकौ आक्षेप , आरोप र सामाजिक सञ्जालनमा लेख्न थालेको भन्दै विद्यालय व्यवस्थापन समितिले विद्यालयका शिक्षक वालकृष्ण बोहोरालाई सरुवा गर्नकालागि गएको जेष्ठ १३ गते नगरपालिकामा पत्रचार गरे पछि दुई पक्ष बिच जेष्ठ २१ गते १२ बुदे सहमती शिक्षक वालकृष्ण बोहोराको इच्छा र अनुरोधमा भएको व्यवस्थापन समितीले जानकारी दिएको छ।
सहमतीमा प्रथम पक्ष भनिएका बिद्यालय व्यवस्थापन समितिले विद्यालयका हरेक शिक्षक कर्मचारीले सौहाद्रपूर्ण वातावरणमा काम गर्ने अवस्थाको सिर्जना गर्ने, विद्यालय प्रशासनले सम्पूर्ण शिक्षक एवम् कर्मचारीको असल अभिभावकीय भूमिका निर्वाह गर्ने, विद्यालय प्रशासनले शिक्षक कर्मचारीका गुनासालाई उपयुक्त तरिकाले सुनावाइ गर्ने, शिक्षक अभिभावक र वि.व्य.स. बिचको सम्बन्धलाई सुमधुर बनाउने र शिक्षक बालकृष्ण बोहोरालाई विद्यालयको व्यवस्थापन समितिले गरेको सरूवा सिफारिसको निर्णय कार्यान्वयन नगर्ने र दोस्रो पक्ष भनिएका शिक्षक बालकृष्ण बोहोराले सहायक प्रधानाध्यापक नियुक्तीका बिषयमा व्यक्त गरेका वि.व्य.स. तथा विद्यालय प्रशासन प्रतिका लक्षित विवादास्पद अभिव्यक्तिहरू र मिति २०८२/०२/ १८ गतेको सामाजिक सञ्जालमा वि. व्य.स. र विद्यालय प्रशासन प्रति गरेको अभिव्यक्तिमा आत्मआलोचना गर्ने, विद्यालय प्रशासनले दिएका जिम्मेवारीहरू पूरा गर्ने, विद्यालय भित्र भएका असमझदारी र असहमतिलाई विद्यालय परिवार भित्र नै राखि समाधान खोज्ने, विद्यालयको विकास, प्रगति र उन्नतिमा अग्रसरता लिने, विद्यालयका संस्थागत विषयका सवालमा कुनै पनि समाजिक सञ्जालमा मिडिया वाजि नगर्ने, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन विरूद्ध सामाजिक सञ्जालमा र विद्यालय बाहिर कुनै कुरा नराखे र विद्यालयका सम्पूर्ण स्टाफसँग समन्वय गरी मिलेर कार्य गर्ने सहमती नेपाल शिक्षक महासंघ वराहक्षेत्रका अध्यक्ष इन्द्रबहादुर बस्नेतको रोहवरमा भएको थियो ।
त्यस पछि पनि शिक्षक बोहोराले पटक- पटक सहमती र शिक्षकको पेसागत आचारसंहिता बिपरित सामाजिक सञ्जालमा आफुले गरेको सहमती लत्याउदै टिप्पणि गरे पछि पुन: कोशी माध्यामिक बिद्यालयले गएको साउन २८ गते नगरपालिकाको शिक्षा शाखामा शिक्षक वालकृष्ण बोहोरालाइ सरुवा गरिदिने बिषयमा पत्रचार गरेको थियो । उक्त बिद्यालयको पत्र र शिक्षक बोहोराले आफुले गरेको सहमती तोडे पछि नगर शिक्षा समितिले शिक्षक बोहोरालाई तत्काल सुर्यकुण्ड माध्यमिक बिद्यालयमा काज सरुवा गर्न निर्णय सर्वसम्मतिले गरेको थियो । शिक्षक वालकृष्ण बोहोरालाइ कुर्यकुण्ड माध्यमिक बिद्यालयमा काज सरुवा गर्ने निर्णयमा शिक्षा समितिका सदस्य समेत रहेका शिक्षक महासंघ वराहक्षेत्रका अध्यक्ष इन्द्रबहादुर बस्नेतको पनि सहमति रहेको थियो ।
आफ्नो पेसागत आचारसंहिता बिपरित सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्दै सहमती लत्याउने आरोप लागेका शिक्षक वोहोरा आफुलाई प्रतिशोधका कारण सरुवा गरेको बताउछन् । उनि आफ्नो गल्ति प्रमाणित भए जस्तो पनि सजाए भोग्न तयार रहेको बताउछन् । यता उक्त बिद्यालयमा प्रध्यानाध्यापक वालकृष्ण अधिकारी शिक्षक बोहोराले बिद्यालयको हित र प्रतिष्ठालाई आच आउने किसिमको टिप्पणी सामाजिक सञ्जालनमा राख्न थाले पछि बाध्यभएर नगरपालिकाको शिक्षा शाखामा सरुवाकालागि पत्रचार गर्नु परेको बताउछन् । उनी भन्छन् शिक्षक वोहोराले पटक- पटक तस्ता गतिबिधि नगर्न आग्रह , अनुरोध , निर्देशन र स्पष्टिकरण नै सोदेउ तर पनि कुनै किसिमबाट उक्त कार्य नरोकिए पछि प्रथम पटक जेष्ठमा बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नगरपालिकामा सरुवाकालागि पत्रचार गयौं । त्यस पछि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक बोहोराका बिच १२ बुदे सहमति जेष्ठ महिनामा नै भयो । त्यस पछि पनि शिक्षक बोहोराले उक्त गतिबिधि नरोके पछि , सहमतीलाई कार्यन्वयन नगरे पछि पुर्न बिद्यालय व्यवस्थापन समितिको निर्णय गराएर साउन २८ गते नगर शिक्षा शाखामा वोहोराको सरुवाकालागि पत्रचार गयौ । हाल शिक्षक बोहोेेरालाई यसै बर्षदेखि कक्षा ९ सुरु भएको सुर्यकुण्ड माध्यमिक बिद्यालयमा तत्काल काज सुरुवा गर्नु भनेर शिक्षा समितिको निर्णय अनुसार बिद्याकयलाई पत्रकार भएको छ ।
शिक्षक वोहोराले पेसागत आचारसंहिता बिपरित पटक- पटक सामाजिक सञ्जालमा टिकाटिप्पणी र बिद्यालयबाट व्यवस्थापन समितिको निर्यण सहित शिक्षक वोहोरालाइ सरुवाकालागि पत्रचार आए पछि शिक्षा समितिले तत्काल काज सरुवा गर्ने निर्णय भएको नगरपालिका शिक्षा शाखाका प्रमुख उत्तमराज भारतीले बताए । शिक्षक वोहोराको सरुवा बिद्यालयको पत्रचार अनुसार शिक्षा समितिले गर्ने नियमित प्रकृया भएको उनले बताए ।




