राजनिती

नेपाली काँग्रेस धरान नगर समितिले मनायो तीज


धरान: नेपाली काँग्रेस धरान नगर समितिले नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्व भव्यताका साथ मनाएको छ ।

धरान -१२ गीत मन्दिरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले तीज पर्वको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै गौतमले नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकोले महिलाहरुलाई पनि समावेशी ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब सबै पार्टीले महिलालाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने क्षमता भएकोले अब ३३ प्रतिशत आरक्षणले मात्र नपुग्ने र ५० प्रतिशत पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति, उपराष्ट्रपति लगायतका राज्यका महत्वपूर्ण पदमा महिलाले सफलतापूर्वक खेलेको भूमिकालाई मुल्यांकन गर्दै राजनीतिक दलहरुले अब महिलाहरुलाई त्यो अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पाख्रेलको सभापतित्व तथा सहसचिव शिला बज्राचार्यको संयोजकत्वमा मनाइएको तीज पर्वका अवसरमा संयोजक बज्राचार्यले आगन्तुकहरुलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यमा उहाँले वडादेखि केन्द्रसम्म महिलालाई अधिकारमात्र हैन राज्यका निर्वाचित भएर जाने स्थानीय तह, प्रदेश र संघीय तहमा पनि महिलालाई नेतृत्वको भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, जिल्ला पुर्व प्रतिनिधि सांसद मिना सुब्बा, कोशी प्रदेश सांसद ममता तामाङ, सुनसरी जिल्ला सभापती केदार भण्डारी, उपसभापती नागेश चन्द्र राई, सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाका निबर्तमान मेयर तिलक राई, पुर्ब क्षेत्रीय सभापति विनोद राई, महासमिती सद्स्य पर्बत राई लगाएतका नेता र काँग्रेसका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात महिलाहरुले तीज गीतमा प्रतियोगितात्मक नाच प्रदर्शन गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो । पहिलो हुने नेपाली काँग्रसको १४ नं. वडा समितिले ४ हजार, दोस्रो हुने ६ नंं वडा समितिले ३ हजार र तेस्रो हुने १२ नं. वडा समितिले २ हजार नगद प्राप्त गरेका थिए । कार्यक्रमको संचालन नगर कोषध्यक्ष पन्चकला राईले गरेकी थिईन।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३