
धरान: होटल म्यानेजमेन्ट + २ मा निरन्तर १५ औं ब्याच सम्म आईपुग्दा पनि धरानमा युएन नवोदय कलेजले एक छत्र शैक्षिक वर्चस्व कायम राख्न सफल भएको छ।
होटल म्यानेज्मेन्टका लागी विद्यार्थीहरु र अभिभावकहरुको रोजाई मा युएन नवोदय +२ नै परेको युएन नवोदय कलेजका प्रमुख डम्बर तुम्बापोले बताउनु भएको छ।
उहाँले एक छत्र शैक्षिक वर्चस्व साथै विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल हुनुको प्रमुख कारण गुण स्तरिय शिक्षा, निरन्तर, प्रदेश र नेपाल टप गर्न सफल, देश विदेशमा ईन्टर्नशिप र रोजगारीको व्यवस्था , बेकरी र बारिस्टा स्कुल सन्चालन गर्ने धरानको पहिलो कलेज साथै +२ मा होटेल म्यानेजमेन्ट सङ्गै बि एच एम पनि सन्चालन गर्ने धरानको एकमात्र कलेज भएकोले बताउनु भयो।
पढ्दै कमाउने व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखि शिक्षा प्रदान गर्ने कलेज भएकोले पनि विद्यार्थी साथै अभिभावहरुको पहिलो रोजाई भएको होटेल म्यानेजमेन्ट कोर्डिनेटर गगन मान श्रेष्ठले बताउनु भयो।
कक्षा ११ होटेल म्यानेजमेन्टमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शनिबार प्रदेश १ को पहिलो पाचतारे होटेल मेचि क्राउनमा कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो।