खेलकुद

साहिल र बर्षा भए उत्कृष्ट धरान बर्ष खेलाडी घोषित, खेलकुद पत्रकारीता पुरस्कारबाट श्रेष्ठ सम्मानित


धरान: धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन् । भने खेलकुद पत्रकारीता पुरस्कारबाट ब्लाष्ट टाईम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ नगद सहित सम्मानित भएका छन।
धरान १५ स्थित होटल किचनमा आयोजित धरान खेलकुद मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षा उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् ।
अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०/३० हजारसहित अवार्ड प्राप्त गरको छन् ।

यसैगरि विगत बर्षदेखि शुरु गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो ।
यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गनुभएको छ उहाँ नगद २० हजारसहित अवार्ड प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पार्नुभयो ।

मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राई पाउनुभयो भने फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार गर्नुभयो ।
यस्तै लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरिएको थियो ।
अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सांसद विजय राई रहनु भएको थियो । कार्यक्रमको उद्घाटनपश्चात राईले धरानका विभिन्न खेलसम्बन्धी संस्थाहरुले खेलकुदको विकासमा जति गरेको छ त्यति संघ, पदेश र स्थानीय तहले नगरेको बताउनुभयो ।

यसैगरि विशेष अतिथिको रुपमा रहनु भएका कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खेलकुद विकासका लागि पूर्वाधार विकासका लागि कोशी प्रदेशमा पहल भइरहेको बताउनुभयो ।
मञ्चका अध्यक्ष किशोर राईको अध्यक्षमा भएको सो कार्यक्रममा धरान १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक