
धरान: ४३ औ विपी कोईराला स्मृती दिवसमा आयोजित पालिका स्तरीय सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा किरातेश्वर स्कुलकी विनिता लिम्बु प्रथम भएकी छिन ।
मङगलबार आयोजित वक्तृत्वकला प्रतियोगिता नेपाली काग्रेस धरान उपमहानगर कमिटीले आयोजना गरेको हो । पब्लिक हाई स्कुल धरान १२ को सभाहलमा सम्पन्न
वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी किरातेश्वर माविकी विनिता लिम्बु, द्वितिय पब्लिक हाई स्कुलकी आयुषा पौडेल, तृतिय पब्लिककै तमन्ना राई र सान्तवना पुरस्कार
पञ्चायत दन्तकालीकि दिपीका राईले प्राप्त गरेका छन।
बिजेताहरुले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन। प्रतियोगितामा धरानका सामुदायिक स्कुलहरूबाट छनौट गरिएका १४ जना विद्यार्थी सहभागी थिए ।
नेपाली काँग्रेस धरान नगर सचिव हिमाल श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव माधव घिसिङ रहनु भएको थियो। उनले विद्यार्थी बर्गलाई बिपी कोइरालाको विचार र राजनीति बुझाउन पालिका तहमा काँग्रेसले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका बताए
प्रतियोगिताको विषय वर्तमान राष्ट्रिय राजनीतिमा बिपीका विचार र युवा विद्यार्थीको भूमिका तोकिएको थियो । निर्णयकहरु गोकुल श्रेष्ठ, डा. अस्मिता विष्ट र डा. महानन्द तिम्सिना थिए ।