शिक्षा

धरानको पब्लिक स्कुलमा विद्यार्थीहरुको आकर्षण बढ्दै


धरान: सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर छैन भन्ने भ्रमलाई धरान १२ स्थित पब्लिक माविले तोडेको छ । यो विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएकै कारण नीजि विद्यालय छोडेर धरानका मात्र हैन पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी विभिन्न संकायमा अध्ययन गर्न तछाडमछाड गरेको दृश्यले पनि प्रष्ट पारेको छ ।
एसइई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । एसइई परीक्षा दिएर पासआउट भएका विद्यार्थीहरुलाई उच्च शिक्षा पढाउन अभिभावक र स्वयम् विद्यार्थीहरु विद्यालयको खोजीमा छन् । धरानकै सबैभन्दा पुरानो यो विद्याालय वि.सं. २००३ सालमा स्थापना भएको हो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राज्यका नीति निर्माण तह तथा राज्यका विभिन्न अंगहरुमा पुगिसकेका छन् । विगतदेखि नै सामुदायिक विद्यालयको शाख बढाउदै आएको यो विद्यालयले अहिले समय अनुसार शैक्षिक गुणस्तरलाई परिवर्तन गरेकै कारण नीजि विद्यालयभन्दा पब्लिक मावि अब्बल सावित भएको छ । यसैका कारण अहिले यो विद्यालयमा विद्यार्थी तथा अभिभावकको रुचि समेत बढेको पाइएको छ ।
संखुवासभाका एकराज राई एसइइको परीक्षाबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएका आफ्नो नानीलाई पढाउन कुनै दोधार नै गर्नुभएन । संखुवासभाको सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका नानीको भविष्य पब्लिक माविमै राम्रो हुन्छ भनेर सिधै प्रवेश परीक्षाकालागि पब्लिक माविमा ल्याउनु भएको उहाँ बताउनु हुन्छ । सस्तो र गुणस्तरीय शिक्षाका लागि विज्ञान शंकाय पढाउन उपयुक्त पब्लिक मावि नै देखेर आफ्नो नानीलाई यहाँ ल्याएको बताउनुभयो ।
प्रवेश परीक्षमा सामेल गर्नुभन्दा पहिले उहाँले विद्यालयको भौतिक संरचना, विज्ञान संकायका विभिन्न ल्याबहरु व्यवस्थित भएको पाइएपछि उहाँ झन अझ आकर्षित हुनु भएको थियो ।
उहाँमात्र हैन पश्चिम सुदुरपश्चिमबाट समेत आफ्नो बालबालिकालाई लिएर प्रवेश परीक्षामा ल्याएर आउनेको संख्या उत्तिकै रहेको थियो । यो विद्यालयले सामुदायिकतर्फ एसइईमा २७२ परिक्षार्थी मध्ये २३१ जना विद्यार्थी उतिर्ण भएबाट पनि यो विद्यालयको शैक्षिक गुणस्तरलाई मापन गर्न सकिने विद्यालय व्यवस्थापनको दाबी समेत रहेको छ ।
शैक्षिक गुणस्तर गुणस्तरीय भएकै कारण यस विद्यालयबाट एसइई अध्ययन गर्नेहरु सबैले प्रवेश परीक्षामा सामेल भएका थिए । धरान र धरान बाहिर गरी कक्षा ११ को प्रवेश परीक्षामा ५९४ जनाले सहभागिता जनाएका थिए ।
पब्लिक माविबाट नै एसइइ दिएर कक्षा ११ को अध्ययन पनि यसै विद्यालयमा गर्ने सोच राख्नु भएकी छात्रा सुजन लुइटेलले सरकारले पब्लिक माविलाई नमूना विद्यालयका रुपमा लिएसँगै यहाँको शैक्षिक गुणस्तरका विषयमा कुनै शंका नहुने बताउदै आफू पुन: कक्षा ११ मा विज्ञान संकाय अध्ययन गर्न लागेको बताउनुभयो ।
यस विद्यालयम विज्ञान, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, मानविकी, शिक्षा, स्वास्थ्य र व्युटिसिएनसम्बन्धी विषयमा अध्ययन गराइने विद्यायका प्राचार्य प्रा.डा. इन्द्रमोहन झाले जानाकारी दिनुभयो । उहाँले यहाँ अध्ययनरत विद्यार्थीहरुलाई थोरै शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण अहिले पूर्वदेखि पश्चिमसम्मका विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गर्न लालाहित भएको बताउनुभयो ।
यो विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ९१ विद्यार्थी अध्ययनरत रहेको प्रचार्य झाले बाताउनु भयो । सामुदायिक विद्यालयमा सबैभन्दा बढी स्कुल बस सञ्चालन गर्ने विद्यालयमा यो विद्यालय पर्दछ । अहिले विद्यालय र अभिभावककै सहयोगमा ६ वटा बस सञ्चालनमा रहेका छन् । सरकारले नमूना विद्यालय घोषणा गरेको धरानकै पुरानो पब्लिक माविले समय अनुसार सिकाइ विधि समेत परिवर्तन गरेका कारण नीजि विद्यालयभन्दा कम नरहेको स्वयम् विद्यार्थी तथा अभिभावहरुले बताउदै आएका छन् । महंगो शुल्कमा मात्र राम्रो शिक्षा आर्जन गर्न सकिन्छ भन्ने मान्यतालाई यो विद्यालयले तोडिदिएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई