Uncategorized

एफ.टि.एल. द्वारा दनुवार समुदायकी भिम मायालाई नगद पुरस्कार

एफ.टि.एल. द्वारा दनुवार समुदायकी भिम मायालाई नगद पुरस्कार
धरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले अनुसार अल्पसंख्यक दनुवार समुदायबाट प्रतिनिधित्व गर्दै आमाबुवा दुवै नभएकी भिम माया दनुवार एस.ई.ई.आइडलको फाइनलमा पुग्न सफल भएकी छिन्। जीवनका कठिन संघर्षबीच पनि कलालाई निरन्तरता दिएकी भिम मायालाई एफ.टि.एल. अनलाइन टिभीको तर्फबाट उच्च शिक्षामा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले बिहिवार नगद १५ हजार सहित सम्मान गरिएको हो।

एफ.टि.एल. अनलाइन टिभीले आयोजना गरेको एसईई सिङ्गिङ आईडलको ग्रान्ड फिनाले गत असार ६ गते शुक्रबार, धरान-१५ स्थित चुमलुङ हिममा सम्पन्न भएको थियो। सो अवसरमा उनले ‘बेस्ट फोक सिङ्गर’ को उपाधि जित्न सफल भएकी हुन्।
कार्यक्रमका इभेन्ट म्यानेजर राम बहादुर लिम्बुले जानकारी दिएअनुसार, भिम मायाको मौलिकता, गायनशैली र प्रस्तुतिले निर्णायकसहित दर्शकको मन जितेको हो। भिम मायाले मोरङको उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकी हुन्।
दनुवार समुदायकी छोरी भिम मायाले यस कार्यक्रममार्फत सीमान्तकृत आवाजलाई स्थापित मात्र होइन, प्रेरणाको पात्र समेत बन्न सफल भएकी छन्। यु.एन. नबोदय कलेजका क्याम्पस प्रमुख/प्रीन्सिपल समेत रहेका डम्बर कुमार तुम्बापोका अनुसार , यस किसिमको प्लेटफर्मले सांस्कृतिक विविधता, सिर्जनात्मकता र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा