शिक्षा

सत्यशिशु निकेतनमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न


धरान-१५ स्थित सत्यशिशु निकेतन बोर्डिङ स्कुलमा आइतबार एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख सहजकर्ता ट्राफिक प्रहरी सई नारद प्रसाद दाहालले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग सम्बन्धी विविध महत्वपूर्ण विषयमा जानकारी दिनुभयो। उहाँले ट्राफिक लाइटको सही पालना, सडक पार गर्दा अपनाउनु पर्ने सावधानी, सडकको दायाँ-बायाँ प्रयोग, ट्राफिक संकेत चिन्हहरूको अर्थ, बाइक/स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग, गाडीमा यात्रा गर्दा सिटबेल्ट अनिवार्य रूपमा बाँध्नेजस्ता विषयमा प्रभावकारीरूपमा अभिमुखीकरण गराउनुभयो।
कार्यक्रमको उद्देश्यबारे बोल्दै विद्यालयका प्रिन्सिपल रमेश राईले विद्यार्थीहरूलाई किशोरावस्थाबाटै ट्राफिक नियमप्रति सजग बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो। साथै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर सेन्चुरीले विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक जीवन उपयोगी ज्ञान प्रदान गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यालयका निर्देशक तारा बहादुर सेन्चुरी, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई