खेलकुद

उद्वाटन खेलमा धरान लेडिज क्लब विजयी


धरान: धरानमा शुक्रबारबाट शुरु भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट धरान लेडिज क्लबले जीत हासिल गर्दै सेमी फाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा आयोजित प्रतियोगितामा धरान लेडिज कलबले अल स्टार क्लबलाई ४–० को फराकिलो गोल अन्तरले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगितामा धरान लेडिज क्लबका तर्फबाट सुनिता राईले २ गोल, कृष्णा राईले १ गोल र हाङ्गमा राईले १ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच कृष्णा राई बन्दै नगद २ हजार र प्रमाणपत्र प्राप्त गरिन् ।
धरान सिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन पूर्व संघीय सांसद जयकुमार राईले गर्नुभएको थियो ।
प्रतियोगिता १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नकआउटको आधारमा खेलाइको सो प्रतियोगितामा अल स्टार फुटबल क्लब, धरान लेडिज क्लब, प्रगतिशिल फुटबल क्लब, धरान ४ फुटबल क्लब, फेयर फुटबल क्लब, धरान १३ स्पोर्टिङ फुटबल क्लब, सिग्मी फुटबल क्लब र पटनाली फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उत्कृष्ट खेलाडीले नगद ५ हजार र उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट कोच र उदयमान खेलाडीलाई जनही नगद २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक