राजनिती

लिम्बुवान राष्ट्रीय समितीको प्रथम अधिवेशन: नो कोशी र नो केबलकारको मुद्वामा सहमती गर्न नेताहरुको जोड

धरानः लिम्बुवान राष्ट्रिय समितीको प्रथम अधिवेशन आईतबार धरान १९ हरियालीको सभाहलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम बोल्दै प्रमुख अथिती जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् ।   

उनले भने ‘राजनीतिक शक्तिले एकता र सहमतिले मात्र आन्दोलन सफल हुन्छ ।’ ७ वटा प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, सघियताको मर्म र भावना विपरीत छ भएकोले पहिचानमा आधारित प्रदेश निर्माण गर्नु जरुरी भएको अध्यक्ष यादवले बताए । 

संघिय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनलाई ईङगित गर्दे उनले भने ‘तपाई र हाम्रो एउटै मुद्दा हो, आउनुस् सहकार्य, एकता गरौँ ।’ सहकार्य, एकता, सहमतिले मात्र पहिचान पक्षधरहरूको आन्दोलन सफल भई विजय प्राप्त हुने उनको भनाई थियो ।
जसपाका सहअध्यक्ष रकम चेम्जोङले लिम्बुवान प्राप्तिका लागि पहिचानको आन्दोलन मधेससंग जोडिएर जानुपर्ने बताएका छन । उनले मधेस र लिम्बुवानको सहकार्य र एकता निरन्तर रहनु पर्ने बताएका हुन ।

लिम्बुवान राष्ट्रिय समितीको प्रथम अधिवेशनकमा उनले संघिय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनसँग नो कोशी र नो मुक्कुलमुमको आन्दोलनमा सगै रहेको उल्लेख गर्दै भने ‘अब जसपा नेपाल र लिम्बुवान पार्टी तला देखि माथी सम्म सहकार्य जरुरी छ ।’

चेम्जोङले लिम्बुवान भित्रै २ खेमा भएकोले आन्दोलन अघि बढ्न आपसमै अवरोध बनेको उल्लेख गदैै लिम्बुवान प्राप्तीको लागि लिम्बुहरु एक हुन जरुरी भएको बताए । उनले भने ‘तर हामी एक छैनौं, एक हुन जरुरी छ अनि मात्र आन्दोलन सफल हुन्छ ।’

जसपाबाट अलग्गिएका अशोक राईलाई लक्षित गर्दे चेम्जोङले भने ‘छुट्टीएर गएकाहरुको हालत देखि सक्यौ, अझै समय भडकेको छैन, जनमत निर्माण गर्न अलग भएर हुदैन, लक्ष्य प्राप्त गर्न एकता गर्न जरुरी छ ।’

पहिचान गणतन्त्र र सघियता माथी सोझा सिधा लिम्बुहरुलाई भ्रममा पार्दै एमाले काग्रेसले अलमलाई रहेको आरोप लगाए । उनले भने ‘एमाले काग्रेस आदिवासीहरुको विरुद्धमा लाग्ने पार्टी हो भ्रमलाई चिर्न जसपा आगाडी बढ्नु पर्छ ।’

लिम्बुवान र पहिचान प्राप्त गर्न बलिदानी पुर्ण आन्दोलन गर्न जनवर्गीय आन्दोलन गर्नु पर्ने उनले बताए । नो कोशी आन्दोलनलाई सशक्त बनाउन सबै खाले समुदायलाई समेटर आन्दोलनलाई सयुक्तरुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

उनले नो कोशी र नो केबलकार आन्दोलनको रुपरेखा कस्तो र कसरी गर्ने भन्ने छलफल गर्न जरुरी भएको बताए । चेम्जोङले भने ‘आन्दोलन छिटो अघि बढाउन आवश्यक छ, आन्दोलनको आधिबेरी नल्याए सम्म राज्य डगमगाउँदै ।’

सहअध्यक्ष चेम्जोङ संघीय लिम्बुवान मञ्चसग एकताको प्रस्ताव गर्दै तुरुन्त नभए सहकार्य गर्न आग्रह गरे । अशोक राईको गतिविधिले जनतालाई भ्रम छर्ने र आन्दोलन रोक्ने काम गरेको बताए ।

संघिय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले भुमि अधिकार ऐनमा जसपाको उल्लेखनिय योगदान रहको बताए । उनले भने ‘लोकतन्त्रमा धेरै राजनीतिक पार्टी हुन्छ्न, पार्टीहरु विच सहकार्य, एकता, मोर्चाबन्दी, लिम्बुवानको प्रष्ट खाका आउनु सकारात्मक कुरा हो ।’

उनले संघियताको आन्दोलनमा मधेस मेरुदण्ड भएर आउनु नै लिम्बुवान प्राप्तिको आन्दोलनलाई हाँक्ने महोल तयारी गर्न संघिय लिम्बुवान जिम्मेवारी लिदै गठन भएको पार्टी भएको नविर्सन आग्रह गरे ।

जसपा धरान अध्यक्ष ताजुव लिम्बूले सुशासनको बिषयलाई सदन देखि सडक सम्म ल्याउन नेतृत्वलाई आग्रह गरे । उनले अहिले पुन नामाङकन र नो केबलकार आन्दोलनलाई पार्टीले जसपाको भुमिका रहेको बताए ।

भोली सोमवार सम्म चल्ने लिम्बुवान राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३