अर्थ/ पर्यटन

पर्यटक जनशक्ति उत्पादन गर्न धरानमा ५ दिने पर्यट्न प्रशिक्षक तालिम सुरु



धरान: धरानमा पर्यटन प्रवर्द्धन तथा पर्यटन  जनशक्ति उत्पादन गर्न  ५ दिने पर्यटन साक्षरता प्रशिक्षण तालिम बिहीवार देखि सुरु भएको छ ।
पर्यटन कार्यालय धरानको आयोजनामा भएको तालिम दुई दिन धरान र तीन दिन धनकुटाको डाँडाबजारमा तालिम आयोजना  गरिने प्रदेश पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताए ।
तालिममा कोशी प्रदेशभरिका ३० जना प्रशिक्षार्थी सहभागी छन् । तालिममा १४ जिल्लाका २ जनाका प्रतिनिधि  सहभागी आएको आयोजक पर्यटन कार्यालय धरानका कार्यक्रम संयोजक भीषम राईले जानकारी दिए । 
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले गरे ।
मन्त्री मण्डलले पर्यटन प्रवर्द्धन गर्दै कोशी प्रदेशका  पर्यटन प्रवर्द्धन गर्ने बताए । उनले भने ” धार्मिक पर्यटनलाई अगाडि बढाईने छ । धार्मिक पर्यटनलाई अगाडी बढाउन सञ्चार माध्यमको भुमिका रहेकाले प्रचारप्रसार अगाडी बढाउन आग्रह गरे । उनले प्रदेश सरकारले यो वर्ष कोशी पर्यटन वर्षका रूपमा मनाइरहेको बताए ।
तालिमलाई प्रशिक्षक मोहन श्रेष्ठ र ग्रामीण पर्यटन विज्ञ डा. चेतनाथ कँडेलले सहजीकरण गर्ने छन् । पर्यटनको विषयमा व्यापक छलफल हुँदै आए पनि पर्यटनको बारेमा जानकारी दिने मान्छेहरुको अभाव रहेकाले तालिम दिइएको सदस्य बरालले जानकारी दिए ।
“पर्यटनको कुरा चाहिँ व्यापक हुन्छ । आवश्यक जनशक्ति नै छैन । जनशक्ति तयार होस् । जसले अभियान चलाउन सकून् भन्ने उद्देश्य हो’’ सदस्य बरालले भने, “तालिममा सरोकारवालाहरू नै सहभागी छन् । तालिमप्राप्त मेनपावरले ग्रामीण क्षेत्रमा गएर पर्यटनको कुरा गर्नेछन् ।’’
प्रशिक्षक डा. कँडेलले पर्यटन के हो ? कस्ता कस्ता हुन्छन् ? पर्यटन प्रणाली र दिगो पर्यटन विकासको अवधारणा र अभ्यासहरु, नेपालमा पर्यटनको विकासको स्थिति र समस्याहरुबारे जानकारी दिएका छन् । उनले कोशी पर्यटनको विगत, वर्तमान र भविष्य, अबको बाटोलगायतका विषयमा जानकारी दिए ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको