
धरानः प्राईम भिजन कलेजको आयोजनामा बिहिवार देखि ३ दिने ‘फुड फेस्टिबल ’ सुरु भएको छ ।
फेस्टिभल धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको परिसरमा ३१ गते सम्म सञ्चालन हुनेछ ।
फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको छ । फेस्टिबलमा ९ वटा स्टलहरू रहने कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।
व्यवसायीक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजका विद्यार्थीहरूको सीप दक्षता, क्षमता अभिवृद्धिका लागि फेस्टिभल आयोजना गरिएको हो ।
महोत्सवमा विद्यार्थीहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, रमाइला खेलहरू, पेय पदार्थहरू स्ट्लमा राखिएको छ ।