शिक्षा

ब्रिज ईन्टरनेशनलको १२ शाखा धरानमा


धरान: धरानमा बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरुका लागि शैक्षिक परामर्शदाता ब्रिज ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको १२ औँ शाखा धरानमा आज बुधबार देखी सुरु भएको छ ।
शाखा धरान ९ स्थित पुतलीलाईनमा स्थापना गरिएको छ । शाखा आज देखि विधिवत् रूपमा कार्यालय उद्घाटन गरी सेवा सञ्चालन गरेको हो ।
बिज्र ईन्टरनेशनलको संसारभर १६ भन्दा बढी देशहरूमा शाखा रहेको शाखाका डाईरेक्टर आर्किटेक ईन्जीनियर निर्णय निरौलाले जानकारी दिए ।
उनका अनुसार ब्रिजको शाखाहरू अस्ट्रेलिया, अमेरीका, क्यानडा, युके, न्युजिल्यान्ड, ब्रिज ईन्टरनेशनलको शाखाहरू छन् ।
ब्रिज ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले धरानमा शाखा स्थापना गरी विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत सञ्चालन गर्ने अध्यक्ष निरौलाले बताए ।
बेलायतका परामर्शदाता राम बहादुर धमला ब्रिज ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, देशहरूमा गएका विद्यार्थीहरुलाई सेटल गर्दे परामर्श र आर्थिक भैतिक सहयोग गर्दै एयरपोर्टमा रिसिभ गरेर कलेज सम्म पर्याउने गरेको बताए । धमलाले अध्ययनका लागि जान चाहनेहरूलाई भाषा कक्षाको सुविधा दिँदै शैक्षिक परामर्श विगत १० वर्ष देखि गर्दै आएको बताए ।
विद्यार्थीहरूलाई सेवा सुविधा प्रदान गर्न ब्रिजले अब धरानमै शाखा स्थापना गरी शैक्षिक परामर्श सुरु गरेको धमलाले बताए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई