शिक्षा

पत्रकारका दुई जना सन्तानलाई हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनका लागि ५० प्रतिशत छुट


धरान: शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल प्राइभभिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले पत्रकारका दुई जना सन्तानलाई ५० प्रतिशत छुटमा अध्ययन गराउने भएको छ । कलेजले फुट फेस्टिबल २०२५ तथा छात्रवृत्ति कार्यक्रमका विषयमा जानकारी गराउने क्रममा यस्तो छुट दिएको जानकारी दिएको हो ।
विगत लामो समय देखि धरानमा संचालित यस कलेजले हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा व्यवसायिक दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । सोही अनुरुप कलेजले यस वर्ष “फुड फेस्टिवल २०२५“ भव्य रूपमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

जेष्ठ १९ गतेदेखि ३१ गतेसम्म आयोजना हुने सो फुड फेस्टिबलमा कलेजका विद्यार्थीहरूले तयार पारेका विभिन्न किसिमका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको स्वाद चखाउनुका साथै रमाइला खेलहरू प्रदर्शन गरिने कलेजका निर्देशक अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्रमदाता विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत धरानमा श्रम संस्कारको अभियानलाई सम्मान गर्दै प्लस टु हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम अध्ययन गर्नका लागि दुई जना विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने भएको छ ।
उहाँले दिनुभएको जानकरी अनुसार कलेजले नयाँ शैक्षिक कार्यक्रमहरू एड्भान्स डिग्री इन कम्प्युटर आइ टि र डिग्री इन कम्प्युटर प्रोग्राम पनि सञ्चालन गरिने भएको छ । कलेजले यस बर्षदेखि फेस्टिबलको अवसरमा नयाँ कार्यक्रम अगाडि सारेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई