
धरान: नेपाली काँग्रेससँग सम्बद्ध नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको आगामी जेठको तेस्रो हप्तादेखि धरानमा राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशन जेठ २३ र २४ गते गर्ने जानकारी दिएको हो ।
धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा आयोजना हुने महाधिवेशन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सो अवसरमा बोल्दै सभापति उत्तमसिंह थाङदेनले पार्टीले बोकेको सिद्धान्त अनुरुप आदिवासी जनजाति, मधेशी, आदिवासी लगायत अधिकार प्राप्तिका लागि नवौ महाधिवेशनबाट समेटेर लगेको बताउदै काँग्रेसभित्र रहेर पनि पहिचानको मुद्धालाई दरिलो रुपमा उठाउन आदिवासी जनजाति संघहरुले सहयोग पुगेको बताउनुभयो ।
उहाँले पहिचानको मुद्धाको विषयमा पहिचानको मुद्धा र प्रदेशको नामाकरणको विषयमा सडक आन्दोललन भन्दा पनि राजनीतिक पाटीले नै यस विषयमा गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा उहाँले महाधिवेशनमा पूर्व लिम्बुवानका ९ जिल्ला सहित काठमाडौँ उपत्यका समेत १० जिल्ला शाखाबाट प्रतिनिधि पर्यवेशक्षहरु सहभागी रहने जानकारी दिनुभयो ।