
धरान: नेपाल तरुणदल सुनसरी क्षेत्र नम्बर १ कार्यसमितीद्वारा धरान ४ मा रहेको लर्डस होम नेपाल बालगृहका विद्मार्थीहरुलाई शैक्षिक सामाग्री र खाद्मन्न वितरण गरेको छ।
भर्खरै अजय राईको नेतृत्वमा निर्वाचित कार्यसमितीले सो बालगृहमा रहेको १० जना विद्मार्थीहरुलाई कापी ६० पिस
१ सय पिस पेनसिल, इलेजर ५० थान, सापनर ५० थान
तेल १ काटुन, भुजा १ बोरा, चाउ चाउ ३ काटुन र
बिस्कुट ६० प्याकेट बितरण गरेको छ।
शैक्षिक सामाग्री र खाद्मन्न वितरणमा नेपाल तरुण दल सुनसरी क्षेत्र न १ सभापति अजय राई ,उप-सभापति कृष्ण राई, बिशाल बस्नेत, धरान २ न. वार्ड सभापति यश देवान राई, नगर सद्स्य अशेस लिम्बु क्षेत्रीय सद्स्य कुसङ्ग थेवे सचिब सुजन खड्का, महेन्द्र क्याम्पस नेबिसंघ इकाई सभापती बिनोद आले मगर, सद्स्यहरु सबिन राई ,सेकथिम लिम्बुको सहभागिता रहेको छ।
सभापती राईले शैक्षिक सामग्री र खाद्मन्न बितरण गर्दै राजनिती संगै सामाजिक क्षेत्रमा युवाहरुलाई अग्रसर गराउने र आउने दिनमा तरुण दल क्षेत्रीय कार्यसमिती सामाजिक कार्यमा निरन्तर लागि रहेने बताउनु भयो।
बालगृहका संचालक कुशल जङ्ग घलेले बालगृहमा आएर शैक्षिक सामाग्री र खाद्मन्न उपलब्ध गराएकोमा तरुणदल क्षेत्रीय कार्य समितीलाई धन्यवाद दिनु भयो।